Thursday, June 9, 2016

कोपा अमेरिका फुटबलको समूह चरणबाटै बाहिरियो उरुग्वे

 

1465523091venezuela-uruguayकाठमाडौं, जेठ २८ । कोपा अमेरिका फुटबलको सर्वाधिक सफल टोली उरुग्वे यसपटक भने समुह चरणबाटै बाहिरिएको छ ।अमेरिकामा जारी प्रतियोगिता अन्तर्गत आज बिहान भएको खेलमा भेनेजुएलासँग १–० ले पराजित भएपछि उरुग्वेको यात्रा समुह चरणमै सकिएको हो । खेलको ३५ औं मिनेटमा भेनेजुएलाका होजे सालोमन रन्डनले गरेको गोल खेलको निर्णायक गोल बन्यो ।

यो जितसँगै भेनेजुएला प्रतियोगिताको क्वारटफाईनल नजिक पुगेको छ भने १५ पटकको कोपा अमेरिका च्याम्पियन उरुग्वे दुई खेलबाट एक अंक पनि जोड्न नसकी बाहिरिएको छ ।समुहको अन्तिम खेलमा भेनेजुएलाले मेक्सिकोसँग खेल्नेछ भने उरुग्वेले जमैकासँग खेल्नेछ ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...