सुदुरपुर्बी नेपालको ताप्लेजुङ जिल्ला आम्बेगुदिन गाबिस वाड ७ लासा मा मध्यम परिवार जन्मनु भएका चक्र बिष्ट एक युवा जगत को उदाउँदो तारा को नाम ले चर्चित हुनुहुन्छ। उहाँ बिगत केही बर्ष अघि देखि कलकारिता क्षेत्रमा प्रवेश गर्नु भए पछि केही एल्बम हरु लिएर तपाई हामी माझ आइसक्नु भएको छ।
हुने बिरुवाको चिल्लो पात भनेझैं बाल्यकाल देखि नै लेख पढ् गर्ने, Dance गर्ने, सबै सग मिलेर अघि बढनु उनको स्वभाव नै थियोे। सानैदेखि मिलनसार स्वभाव र सबैसग मुसुक्क हास्ने उहाँको व्यबहार देखेर जो कोही उहाँलाई मन पराउनु र ज्यादै माया गर्नु असल मानवता को कर्तव्य नै बन्न जान्छ।
उहाँ हाल केही महीना अगाडि देखि अफ्ना बुबा आमा दाजुभाइ र भाउजूको साथमा अमेरिका मा बस्दै आउनु भएको छ। उहाँको अमेरिका बसाई भए पनि आफ्नो जन्मभुमि नेपाल प्रती गहिरो माया रहेको बताउनु हुन्छ।
यसरी आफ्नो जीवन का कदमलाई अगाडि बढाउने क्रममा नेपाली हरुको नयाँ बर्ष २०७३ सालको सुरुवात सगै अमेरिकामा एउटा कार्यक्रम सुसम्पन्न गरिसक्नु भएको छ।जस्मा स्वयं चक्र बिष्ट ले सन्नानी तिमिलाइ भन्ने गित मा आफ्नो निर्त्य कला प्रदर्शन गर्नुभएको छ।कार्यक्रम मा सहभागी हरु दिलिप रयमाझी,मधु क्षेत्री, कुमार बस्नेत को पनि विशेष सहभागीता रहेको थियोे।
यस् अघि उनका किर्ति हरुमा १.पहिलो एल्बम (दुखी ) बाध्यता ले जादैछु। प्रदेश २.दोस्रो एल्बम (स्पर्श ) नेपाल हाम्रो।३.तेस्रो एल्बम (मनको मलम)२०७२बैशाख १२को भुकम्प।४.चौथो एल्बम (सम्बन्ध ) रहेका छन भने उनलेे नेपाली टेलिसृङ्खला तितो सत्य मा समेत अभिनय गरिसक्नुभएको छ।
हाल अमेरिकामा पनि बिभिन्न कार्येक्रमहरमा सक्रियताका साथ् आफ्ना प्रस्तुतिहरु पस्कदै आउनु भैरहेको छ !
अन्तरास्ट्रीय नेपाली साहित्य समाज डिसी मेट्रो कमिटी अमेरिका द्वारा आयोजना गरेको राम प्रशाद खनालको कविता कृति” देश हराएको मान्छे ” बिमोचन कार्यक्रममा गजल प्रस्तुति गर्दै !
No comments:
Post a Comment