अमेरिकन सोसाइटी अफ नेपाली इन्जिनीर्सको निर्वाचन हालै सम्पन्न भएको छ। संस्थाको केन्द्रिय कार्यसमिति र डी सी च्याप्टरको हालै सम्पन्न निर्वाचनको परिणामको घोषणा यहि जुन २५ मा भर्जिनिया राज्यको फेयरफ्याक्समा सम्पन्न भएको वार्षिक साधारण सभामा गरिएकोछ। नव निर्वाचित केन्द्रिय कार्यसमितिको अध्यक्षमा जगन्नाथ घिमिरे (टेक्सास), उपाध्यक्ष डा उपेन्द्रलाल कर्ण (न्यु जर्सी), महासचिव ठाकुर ढकाल (भर्जिनिया), सहसचिव सुर्य थापा (ओहायो), संचार सचिव डा संजय गजुरेल (ओहायो), कोषाध्यक्ष बिभुति बराल (लुजियाना) र निवर्तमान अध्यक्ष डा राजेन्द्र श्रेष्ठ (टेक्सास) हुनुहुन्छ। त्यसै गरी अमेरिका भरिबाट २३ जना सोसाइटी डाइरेक्टर समेत निर्वाचित भएका छन्। जसमा सुनिता अमात्य (Maryland), अनन्त वैद्य (California), विश्व बराल (New Jersey), मोहन बस्ताकोटी (Virginia), राजेन्द्र भट्टराई (Texas), पूर्ण दाहाल (Pennsylvania), प्रदीप गजुरेल (New Jersey), सामना घिमिरे (California), योगेन्द्र जोन्छे (New York), डा देव जैसी (Delaware), पुजन जोशी (Connecticut), कन्हैयालाल कायस्थ (California), सुर्य लम्साल (New York), डा प्रकाश मल्ल (Georgia), डा रमेश मल्ल (Connecticut), डा आनन्द पौडेल (Colorado), डा विष्णु फुयाल (Illinois), दीपेन्द्र पोखरेल (Virginia), राम पौडेल (Massachusetts), मनिष शाक्य (North Carolina), डा श्याम शर्मा (Oregon), राजेन्द्र ताम्राकार (Texas) र गोविन्द उपाध्याय (Texas) हुनुहुन्छ। निर्वाचन परिणामको घोषणा प्रमुख निर्वाचन आयुक्त लोकदर्शन श्रेष्ठले गर्नुभएको थियो। पाँच सदस्सीय निर्वाचन आयोगको अन्य आयुक्तहरुमा प्रदिप खनाल (California), बेल ब. पछाई (Virginia), प्रविन श्रेष्ठ (Texas) र राजु सुबेदी (Texas) हुनुहुन्थ्यो।
यसै गरी नवनिर्वाचित डी सी च्याप्टरको अध्यक्षमा डिल्लीरमण न्यौपाने, उपाध्यक्ष मंगल महर्जन (Maryland), सचिव उत्तम सेढाई (Virginia), कोषाध्यक्ष निराजन अर्याल (Maryland), निवर्तमान अध्यक्ष दीपेन्द्र पोखरेल (Virginia), सदश्यहरुमा सागर खड्का (Virginia), रमेश खनाल (Virginia), बिप्लेस निरौला (Maryland) र दिवस थापा (Virginia) हुनुहुन्छ। निर्वाचन परिणामको घोषणा च्याप्टरका प्रमुख निर्वाचन आयुक्त ठाकुर ढकालले गर्नुभएको थियो। तीन सदस्सीय निर्वाचन आयोगको अन्य आयुक्तहरुमा प्रकाश खनाल (Maryland) र दीपक कोइराला (Virginia) हुनुहुन्थ्यो।
उक्त साधारणसभामा केन्द्रिय समितिका अध्यक्ष डा राजेन्द्र श्रेष्ठ र च्याप्टरका अध्यक्ष दीपेन्द्र पोखरेलले वार्षिक रिपोर्ट प्रस्तुत गर्दै सहभागीहरुलाई धन्यवाद र नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्नुभएको थियो भने नवनिर्वाचित केन्द्रिय समितिका अध्यक्ष जगन्नाथ घिमिरे र च्याप्टरका अध्यक्ष डिल्लीरमण न्यौपानेले आफ्नो कार्यकालमा सम्पन्न गर्ने कार्यक्रमको खाका प्रस्तुत गर्नुभएको थियो। दुवै कार्यसमितिको कार्यकाल २०१६ को जुलाईमा शुरु भै २०१८ को जुनमा अन्त्य हुनेछ।
उक्त कार्यक्रममा अमेरिकाका विभिन्न राज्यका नेपाली इन्जिनीयर र वैज्ञानिकहरुको उपस्थिति रहेको थियो। कार्यक्रम स्थलमा उपस्थित हुन नसक्नेहरुका लागि कन्फरेन्स कल र भिडियो कन्फरेन्सको समेत व्यवस्था गरिएको थियो।
उक्त कार्यक्रममा सहभागीहरु बीच नेपाली इन्जिनीयर र वैज्ञानिकहरुको सक्रिय सहभागिता बढाउन आवस्यक पर्ने कार्यक्रमहरु, वृत्ति विकास र नेपालको विकासमा संस्थाले दिन सक्ने योगदानको विषयमा व्यापक छलफल भएको थियो। कार्यक्रमको संचालन संस्थाका वर्तमान महासचिव डा उपेन्द्रलाल कर्णले गर्नुभएको थियो।
No comments:
Post a Comment