धनकुटा, १२ असार । उपप्रधान, परराष्ट्र तथा स्थानीय विकास मन्त्री कमल थापाले गैरसरकारी संस्था खोलेर धर्म प्रचार र परिवर्तन गराउनेलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
हिन्दूत्व जागरण अभियानका लागि धनकुटा आइपुग्नुभएका थापाले आइतबार सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताउनुभएको हो । सनातनदेखि चलिआएका धर्मलाई रक्षा गर्ने सरकारको प्रमुख दायित्व भएको बताउँदै मन्त्री थापाले अहिले सङ्गठित रुपमा गाउँ-गाउँमा गएर पैसाको आडमा जबर्जस्ती धर्म परिवर्तन गराउने काम भइरहेको दाबी गर्नुभयो ।
मन्त्री थापाले यस्ता प्रवृत्तिलाई कडाइका साथ नियन्त्रण गरिनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।
No comments:
Post a Comment