Wednesday, June 1, 2016

“परिवर्तन” ..अब संसारभरबाट हेर्न सकिने। महानायक राजेश हमाल भन्नुहुन्छ: “एक पटक सबैले हेर्नैपर्छ। राम्रो बनेको छ।”

FB_IMG_1464740706176

गत आइतबार बाल्टिमोर, मेरिल्याण्डको Beltway Movie 6, 7660 Belair Rd. , Nottingham, MD 21236 हलमा, नेपाली कथानक चलचित्र “जंगे”को प्रदर्शनी गरिएको थियो। अहिलेका चर्चित कलिउड कलाकारहरु शुशांक मैनाली तथा जोएश पाण्डे (“जंगे” चलचित्रका दुई मुख्य अनि दाबेदार पात्रहरु), ओकिलीका गायक श्रीजन ताम्राकारहरु लगायत स्थानीय समाजसेवी तथा सर्वसाधारण मेरिल्याण्डबासी नेपालीहरुको बिचमा औपचारिक घोषणा गरि “परिवर्तन” भिडियो चलचित्रको प्रिमियर गरिएको थियो।

सोही “परिवर्तन” भिडियो चलचित्रलाई अब “यु-ट्युव” मार्फत संसारभर बाट हेर्न सकिने गरि राखिसकेको निर्माणपक्षले बताएका छन।

नेपाली चलचित्रका महानायक राजेश हमालले पनि यस भिडियो चलचित्रको खुलेर प्रशंसा गर्नुभएका छन र आफ्नो फेसबुक पेजमा नै शेयर गरेर नव-कलाकारहरु र यसका सम्पुर्ण निर्माण टोली “At Work Entertainment” लाई बधाई तथा शुभकामना दिनुभएको छ।

विशेषत् युवा अवस्थामा हुने गरेको साथीभाईहरुको संगतले जिवनमा हुने गरेको आम घटना र यथार्थ कथाबस्तुलाई यस भिडियो चलचित्रले बोकेको छ। हाम्रो नेपाली समाज वरपर युवाहरु बिच घटिरहेको समय, संगत अनि बिसंगतिहरुका बारे र यसले ब्यक्ति र परिवारलाई पार्ने असर र परिवर्तनका बारेमा ज्यादै मार्मिक रुपमा चलचित्र प्रस्तुत गरिएको छ।

..”परिवर्तन” हरेक मान्छेको जिवनको हर मोडसंगै हुन्छ। फरक कथाबस्तु सहित सत्य घटनामा आधारित यस नेपाली छोटो भिडियो चलचित “परिवर्तन” मेरिल्याण्ड राज्यका विभिन्न कलेजहरुमा अध्ययनरत नेपाली बिद्यार्थीहरुको समूह “At Work Entertainment” को निर्माण र निर्देशनमा तयार पारिएको यस भिडियो चलचित्रको सम्पुर्ण कलाकारहरु देखि शुटिंग अनि सम्पादन सम्म सबै कार्य मेरिल्याण्ड मै भएको हो अनि मेरिल्याण्ड मै पहिलो पटक नेपाली भिडियो चलचित्रको प्रिमियम शो: पनि गज्जवको संयोग।।

समय र समयको मोड संगै हुने जिवनको यात्रामा घट्ने गरेका घटना अनि परिस्थितिले जन्माउने यथार्थतालाई यस भिडियो चलचित्रले ज्यादै मार्मिक रुपले ब्यक्त गर्न खोजेको छ। सन्देशमुलक यस चलचित्रमा हाम्रै नेपाली बिद्यार्थी भाईबहिनी साथीहरुले गरेको जिवन्त अभिनय हेरेर मनोरंजन गर्न सकिने साथै चलचित्रले समसामयिक सन्देश पनि दिने भएकोले एक पटक मेरिल्याण्डका नेपाली दाजुभाइ दिदिबहिनीहरु सबैलाई आएर हेरिदिनु हुन कलाकार साथीहरुको विशेष अनुरोध छ।

युवाहरुको जल्दोबल्दो बिषयमा आधारित यस छोटो भिडियो चलचित्रमा मुख्य पात्रहरु “रवि कुमार” को भुमिकामा अशोक उप्रेती अनि “रितु” को भुमिकामा शोभा भारतीले निभाएका छन। यस्तै “अनिल” को भुमिकामा आमिर श्रेष्ठ, “डि” को भुमिकामा सरोज कार्की र “बिकि बाबा” को भुमिका बिकास जोशीले गरेका छन। “परिवर्तन” छोटो भिडियो चलचित्रमा श्रावण जोशीले कथा अनि सरोज कार्कीले पटकथा र अशोक उप्रेतीले लेखन कार्यको जिम्मेवारी सफलतापुर्बक पूरा गरेका छन भने छायांकन, निर्देशन र सम्पादन श्रावण जोशीले गरेका छन्। चलचित्रको सम्पुर्ण निर्माण “At Work Entertainment” को नेतृत्वमा सम्पन्न गरेका छन।

आउनुहोस् , हामी पनि समय मिलाएर एकपटक यो भिडियो चलचित्र हेरौं र साथमा सम्पुर्ण भिडियो चलचित्र टिमलाई हौसला स्वरुप आफ्ना साथीभाइ तथा आफन्तहरुलाई पनि यस बारे जानकारी गराऔं।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...