Sunday, June 26, 2016

घरायसी बिबादमा चिर्पट प्रहार गरी आमाको हत्या

Jail-Ma-Manchheदमक, १३ असार । घरायसी झगडा हुँदा  झापा, पृथ्वीनगरमा आज बिहान ३ बजेतिर छोराले आफ्नै आमाको हत्या गरेका छन् ।

पृथ्वीनगर गाविस–२ बस्ने देशु भनिने २४ वर्षीय देशराज तामाङले ४५ वर्षीया आमा तारादेवीको चिपर्ट प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

चिपर्टले टाउकोमा प्रहार गर्दा घटनास्थलमानै आमा तारादेवीको ज्यान गएको थियो ।
हत्यामा संलग्न देशराजलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको झापाका प्रहरी प्रवक्ता डिएसपी हरिराज शर्माले जानकारी दिनुभयो ।

घटनाका सम्बन्धमा देशराजले आमाको रिसइवीका कारण मारेको स्वीकारेका प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...