Sunday, June 26, 2016

मोडल हन्टका लागि ६५ युवा युवती छनौट

DSC_0108-1-397x600

काठमाडौ । ‘मोडल हन्ट नेपाल २०१६’का लागि ३५ युवती तथा ३० युवा छनौट भएका छन् । राजधानीमा आयोजित बिभिन्न चरणको अडिसनबाट प्रतियोगी छनौट भएका हुन् ।

देशभरबाट दश हजारबढी प्रतियोगी अडिसनमा सहभागी थिए । शनिबार आयोजित छनौट चरणको अन्तिम अडिसन पछि ३० युवा र ३५ युवती अन्तिम प्रतिस्पर्धाका लागि फाइनल भएको आयोजकले सार्वजनिक गरेको हो ।
कोरियोग्राफर रोजिन शाक्य, मोडल हन्ट नेपाल २०१५ बिजेता समिर कुवर रानालगायत अडिसनको निर्णायकमा रहेका थिए । छानिएका प्रतियोगीलाई अब फाइनल प्रतिस्पर्धाका लागि बिभिन्न प्रशिक्षणमा सहभगी गराइने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।
भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशलगायतका देशमा चर्चित यो सौन्दर्य प्रतियोगिता गत वर्षबाट नेपालमा पनि सुरु भएको हो ।
युवा युवतीको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउन र अन्तराष्ट्रियस्तरको मोडल बन्ने अवसर प्रदान गर्न प्रतियोगिता लाभदायक हुने नेक्स्ट मोडल्सका अध्यक्ष रवि धमलाले

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...