लन्डन, १३ असार । यस वर्षको कोपा अमेरिकाको उपाधी दोस्रो पटक चिलीले जितेको छ ।
सोमबार बिहान अमेरिकाको मेटलाइफमा भएको प्रतिस्पर्धामा अर्जेन्टिनालार्इ ट्राइब्रेकरमा पराजित गर्दै चिलीले दोस्रो पटक उपाधि जितेको हो ।
९० मिनेटको खेलमा गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
अतिरिक्त समयमा गोल गर्ने मौका दुवै टोलीले खेर फालेका थिए । त्यसपछि पेनाल्टी शूटआउटबाट निर्णयक गरिएको थियो ।
मेस्सी र चिलीका भिडाल पेनाल्टीमा चुकेको पेनाल्टी शूटआउटमा ४–२ गोल अन्तरले चिलीले उपाधी रक्षा गरेको छ । – एजेन्सी
No comments:
Post a Comment