Wednesday, June 22, 2016

तेह्र दिनदेखि १२ वर्षीय बालक बेपत्ता

फलेवास (पर्वत), ८ असार । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ कटुवाचौपारिका एक बालक विगत १३ दिनदेखि बेपत्ता भएका छन् ।

स्थानीय सार्वजनिक माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीय बालक सुभम लामिछाने (बिमल) १२ दिनदेखि बेपत्ता भएका हुन् । गत जेठ २८ गते बिहानै घरबाट निस्किएका लामिछाने अहिलेसम्म सम्पर्कमा नआएको उनकी आमा मञ्जु लामिछानेले जानकारी दिनुभयो । बिहान उठेर घरबाट एक्कासि बाहिर निस्किएको थियो । अहिलेसम्म सम्पर्कमा आएको छैन, आफन्त, नातागोतालगायत सबैतिर खोजी ग¥यौँ तर केही पत्तो लागेन, मञ्जुले गुनासो गर्नुभयो ।

बेपत्ता छोराको खोजीका लागि जिल्ला प्रहरी कार्यालय पर्वतमा निवेदन दिए तापनि अहिलेसम्म केही पत्ता नलागेको उहाँको भनाइ छ । बेपत्ता बनेका आफ्ना छोराको खोजी गरिदिन उहाँले सबैसँग आग्रह गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले बेपत्ता बालकको हुलियासहित खोजी कार्य जारी राखिएको र अहिलेसम्म कहीँबाट कुनै पनि सूचना प्राप्त नभएको जानकारी दिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...