काठमाडौं, ८ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अष्ट्रेलिया भ्रमण अचानक स्थगित भएको छ ।
प्रचण्ड आज दिउँसो १२ बजे अष्ट्रेलिया भ्रमणमा जाने कार्यक्रम थियो । अष्ट्रेलिया जानुभन्दा केहि घण्टा अघि मात्रै प्रचण्डले भ्रमण स्थगित गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको विशेष राजनीतिक परिस्थितिका कारण अष्ट्रेलिया नजान अनुरोध गरेपछि प्रचण्डले भ्रमण स्थगित गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
‘देशको वर्तमान राजनीतिक सन्दर्भ र पार्टी कामको चापलाई विचार गरी अध्यक्ष प्रचण्डले हालको लागि अष्ट्रेलिया भ्रमण स्थगित गर्नुभएको छ’ प्रचण्डले निजी सचिवालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराले वर्तमान राजनीतिक परिस्थिती र प्रधानमन्त्रीको अनुरोधपछि अध्यक्ष प्रचण्डले भ्रमण स्थगित गरेको जानकारी दिए ।
No comments:
Post a Comment