खुशी खुशी यो मन
सुखी सुखी यो जीवन
साथ साथ तिमी हुँदा
मुस्कुरांउछ समयको पल पल ||
साना साना छन् चाहना
पुरा पुरा छन् भावाना
साथ साथ तिमी हुँदा
उमंगले खोज्दैन कुनै सिमाना ||
झन् झन् बढेको रहर
क्षण क्षण बितेको प्रहर
साथ साथ तिमी हुँदा
दु:खले पनि छोडदैन कुनै असर ||
No comments:
Post a Comment