Saturday, June 4, 2016

नेजस अमेरिकाको केन्सस राज्यमा च्याप्टर गठन, संयोजकमा भण्डारी चयन

salman-amir-555x335

नेपाली जनसम्पर्क समिति अमेरिकाले केन्सस राज्यमा च्याप्टर गठन गरेको छ । यही जुन २ तारिखका दिन केन्सस राज्यका लागि जनसम्पर्क समितिले खटाएका प्रतिनिधि धनञ्जय नरसिंह केसीको पहलमा समिति गठन गरिएको हो । केसी नेजस अमेरिकाको बरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्छ ।

नवगठित कार्यसमितिको संयोजकमा डा. अमर भण्डारीलाई चयन गरिएको छ । यस्तै, सह संयोजकमा भुपाल कट्टेल, सदस्य सचिवमा माधव रेग्मी, कोषाध्यक्षमा अनुज चिलवाल छानिनु भएको छ । टेलिकन्फरेन्स बैठकमार्फत् छनौट गरिएको केन्सस राज्यको च्याप्टर सदस्यहरुमा अविशेष लम्साल, अनिल पन्त, श्रीजना तिमिल्सेना, बलराम कडेरिया, जयसन अधिकारी, इलिना अधिकारी, अञ्जु गिरी, दिया उप्रेती रहनुभएको छ ।

यस्तै सल्लाहकारमा डा. तेज श्रेष्ठको नाम सर्वसम्मत रुपमा चयन भएको छ । गत वर्ष अर्थात सन् २०१५ फेब्रुअरी १५ का दिन बसेको नेपाली जनसम्पर्क समिति अमेरिकाको कार्यसमितिको बैठकको निर्णयअनुसार मलाई ‘केन्सस राज्यमा च्याप्टर गठनका लागि केन्सस राज्यमा प्रतिनिधिका रुपमा खटाईनुभएका केसीले जानकारी दिनुभयो । नवगठित कार्यसमितिले जनसम्पर्क समितिले दिएको निर्देशनअनुसार काम गर्ने प्रतिबद्धता जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...