Friday, June 3, 2016

विश्वकै उत्कृष्ट बक्सर मोहम्मद अलीको निधन

salman-amir-555x335

काठमाडौं, २२ जेठ । बक्सिंग खेलका महान हस्ती मुहम्मद अलीको निधन भएको उनका परिवारका प्रवक्ताले बताएका छन् । अली ७४ वर्षका थिए । ठूलो तौल समूह अर्थात हेभिव्येट बक्सिंगका पूर्व विश्व विजेता अली संसारकै उत्कृष्ट खेलाडीमध्येका एक मानिन्छन् । उनी पछिल्लो समय अमेरिकाको एरिजोना राज्यको फिनिक्समा अस्पतालमा उपचाररत थिए । लामो समययता श्वासप्रश्वासको समस्यासंग जुधिरहेका उनलाई पार्किन्सन्स् रोगले थप जटिल बनाएको थियो । खास नाम क्यासियस मार्सेलस क्ले भएका अली १९६० को रोम ओलम्पिक्समा ‘लाइट हेभिव्येट’मा स्वर्णपदक जितेपछि चर्चामा आएका थिए । आफ्नो खेल जीवनमा उनले ६१ वटा प्रतिस्पर्धामा भाग लिए जसमध्ये ५६ वटामा उनले जित हात पारे । सन् १९८१ मा उनले खेलजीवनबाट सन्यास लिएका थिए । – बीबीसीबाट

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...