जव म सानो थिए र मेरो मात्र ध्येय थियो खेल्नु
पढ्नु त बाबुआमाको लागी थियो
गुच्चा खेल्नु, भलिवल खेल्नु
दण्डी वियो खेल्नु यस्तै यस्तै खेल्नु थियो
खेल जीवन र जीवन खेल सम्झियो
यसरी नै बित्यो बालापन
तर अहिले समय बदलेको छ
मेरो बसाई बदलेको छ
त्यसैले होला मेरो छोरा
मेरो छोरीहरु
विहान उठे देखि राती नसुतुन्जेल
कम्प्युटर र आईफोनलाई अगाध माया गर्छन्
उनीहरुको सबथोक तिनै हो
हो त्यसैका लागी सात समुन्द्र पारी आए झै
मलाई भन्दा अगाध माया
मलाई भन्दा अगाध आस्था र समर्पण
तिनै चिजलाई गर्छन्
मन लागेको खेल्ने
मन लागेको गित सुन्ने
मन लागेको कार्टून र फिल्म हेर्ने
स्कुलको होमवर्क देखि
संसारलाई खोज्ने
सबथोक त्यसैबाट गर्छन्
भोकलाई रोक्न सक्छन्
प्यासलाई थेग्न सक्छन्
आमालाई भुल्न सक्छन्
हजुरबा हजुरआमालाई विस्मरण गर्न सक्छन्
तर सक्दैनन् मन लागेको म्युजिक भुल्न
सक्दैनन् मन लागेको कार्टून भुल्न
सक्छन् भुल्न विहानै पिउन चिया
खान भुल्न सक्छन् विहानै ब्रेक फास्ट
तर भुल्दैनन् सपनामा पनि ईन्टरनेट
भुल्दैनन् हेलो हाय गर्न ईन्टरनेटमा साथीलाई
बरु भुल्छन् विहान र वेलुकाको खाना
तर केही गरि भुल्दैनन् ईन्टरनेटको सामिप्यतता
कति गहिरो प्रेम ईन्टरनेटमा बसेको
एकछिन वाईफाई नहुँदा
एकछिन कम्प्युटरले धोका दिदा
अति क्रोधका ज्वाला ओकल्छन्
यस्तै रिसको झोकमा आईफोन फुटाएका छन्
आपसमा मुक्का मुक्की गरेका छन्
केही क्षण नबोली घोसे मुन्टो लगाएका छन्
तर केही समयमै हितैषी बनेर
हरपल कम्प्युटर र आईफोनलाई झम्टेर
बसेका छन् मेरा सन्तानहरु
हिजोको मेरो धुलौटी बालापन
खोल्टीमा मकै तातोतातो राखेर
बुर्कुसी मार्दै दौडेर
खेत र बारीमा साथीहरु सँग खेलेको
दुई पोलमा डोरी बाँधेर भलिवल खेलेको
आज मेरा केटारी ईन्टरनेटमै खेलेको
सम्झेर बिगत र देखेर वर्तमान
नाजवाफ बनेको छु
भोलीका मेरा नातीनातीनीहरुलाई सम्झेर
अहिलेका छोराछोरीहरुलाई हेरेर
के यही हो समयले दिएको उपहार
के यही हो प्रविधीले दिएको उपहार
खै म बुझि नसक्नु मेरो र मेरो सन्ततीको बालापन
यस्तै नलेखिएकै किताव मन मनै पढ्दैछु
अझै धेरै पढ्न पर्ने छ
अझै बढि देख्न पर्ने छ
समय सँगै बदलिएका बालापनहरु
बाल्टिमोर, मेरिल्याण्ड, अमेरिका
Friday, June 24, 2016
बालापन हिजो र आज -प्रकाश श्रेष्ठ
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment