Friday, June 24, 2016

ढुक्क भएर लगानी गर्न प्रमको आग्रह

KP_Oliकाठमाडौँ, १० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका धेरै अवसर तथा अधिकार प्राप्त भइसकेकाले अब ढुक्क भएर त्यसतर्फ लाग्न आग्रह गर्नुभएको छ ।

नेपाल उद्योग परिसङ्घ र हिमालय टेलिभिजनको संयुक्त आयोजनामा आजदेखि राजधानीमा सुरु भएको नेपाल निर्माण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “लागनीको वातावरण बनेको छ, निर्धक्क भएर लगानी गर्नुहोस् ।”

प्रधानमन्त्री ओलीले उद्योग धन्दा खोल्ने वातावरण बनाएर उत्पादन बढाइ छिमेकका दुई ठूला राष्ट्रमा निर्यात गर्न सके मुलुक आत्मनिर्भरतातर्फ जाने उल्लेख गर्दै व्यापार असन्तुलनलाई कम गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

“देश प्राकृतिक स्रोतले भरिपूर्ण छ, व्यवस्थापन गर्न हामीले सकेनौं, स्वदेशमै मेहनती कहलिन कृषि, उद्योग, पर्यटनमा आधुनिकीकरण गरेर अघि बढ्नुपर्छ” – उहाँले भन्नुभयो ।

नेपाल निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटमा विकासतर्फको प्रस्थान बिन्दु हुनुपर्छ भन्ने लक्ष्य लिइएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले नेपाल निर्माणका लागि साधारण खर्च कम गरी विकास बजेट वृद्धि गरिनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा टेलिभिजनका अध्यक्ष ललितकुमार अग्रवाल र शङ्कर ग्रुपका अध्यक्ष साहिल अग्रवालले नेपाल निर्माणका लागि उद्योग धन्दा स्थापनाको वातावरण बनाइदिन सरकार एवम् राजनीतिक दलसँग माग गर्नुभयो ।

शानिबारसम्म चल्ने सो कार्यक्रममा नौ समूहमा छलफल गरी आएका निष्कर्ष सरकारलाई पनि बुझाइने जानकारी गराइयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...