Friday, June 10, 2016

अर्चनाका सबैभन्दा ठूला फ्यान, अध्यक्ष पद जोगाउनै समस्या

Rajkumar_Rai-filmकाठमाडौं, २९ जेठ । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले चलचित्र क्षेत्रमा गर्न नहुने कार्य गरेर बिबादमा आएको आरोप लाग्न थालेको छ । राईले व्यक्तिगत स्वार्थलाई ध्यानमा राखेर काम गर्ने गरेको आरोप छ ।

दर्त नभएका फिल्म शूटिङ गर्न दिनुदेखि पटकथामा हस्तक्षेप गरेर अध्यक्ष राई बिबादमा आएको स्रोतले जनाएको छ । उनले ‘बिजुली मिसिन’ नामक फिल्मलाई शूटिङ भएको झन्डै एक महिनापछि दर्ता गराइ दिएका छन् ।

फिल्म निर्माण पक्षले मोटो रकम दिएपछि अध्यक्ष राईले फिल्म दर्ता गराईदिएको आरोप छ । ‘दर्ता नै नभइ छायाँकन भएको फिल्म बिजुली मिसिनलाई एक महिनापछि दर्ता गरिएको छ’, फिल्मका एकजना निर्देशकले भने, ‘कानुन विपरीतका कार्य गर्ने अधिकारी राजकुमार राईलाई कसले दियो ?’

कांग्रेसको सरकारका पालामा मीनेन्द्र रिजाललालाई चाकडी बजाएर विकास बोर्डको अध्यक्ष पद पड्काएका राईलाई निर्माता संघमा पनि बिबादित व्यक्तिका रुपमा लिने गरिएको छ ।

अध्यक्ष राईको गलत चर्तिकलाको निर्माता संघमा खुलेरै बिरोध भइरहेको छ । आफ्नो धेरै बिरोध हुन थालेपछि अध्यक्ष राईले केही आफू निकट निर्देशक, कलाकार र निर्मातालाई काखी च्यापेर हिँड्न थालेका छन् ।

यतिसम्मकी अध्यक्ष राई आजका पोर्नस्टार बन्दै हिँड्छु भन्ने अर्चना पनेरुको ठूलो फ्यान बन्न पुगेका छन् । अर्चन पनेरु सहभागी हुने कार्यक्रममा ठीक समयमा पुगेर पूरै समय बिताउने गरेको अध्यक्ष राईको चालामाला ठीक छैन भनेर टिकाटिप्पणी हुन थालेको छ । अध्यक्ष राईले अर्चनका नाङ्गा तस्बिरहरूको पनि प्रशंसा गर्न थालेका छन् ।

उनका यस्तै गलत क्रियाकपालका कारण केही कलाकारले विकास बोर्डबाट राजीनामा माग गर्न थालेका छन् । सानो स्वरमा बामपन्थी कलाकार, निर्देशक र निर्माताहरूले अध्यक्ष राईको राजीनामाको कुरा उठाउन थालेका हुन् ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...