Friday, June 10, 2016

रिले अनशन पाँचौँ दिन प्रवेश, रेणुले सम्हालिन कमान्डिङ

Rile-Ansan-650x488काठमाडौं, २९ जेठ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले आज पाँचौँ दिन खुलामञ्चमा आफ्नो रिले अनशनलाई जारी राखेको छ ।

संघीय समाजवादी फोरम नेपालकी उपाध्यक्ष रेणु यादवको नेतृत्वमा बिहान सात बजेदेखि सुरू भएको रिले अनशनमा सदभावना पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतो, राष्ट्रिय मधेस समाजवादी पार्टीकी उपाध्यक्ष नीलम बर्मा, आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका आङ्काजी शेर्पा, थरूहट तराई पार्टीका सांसद गोपाल दहित, नेपाल सद्भावना पार्टीका सह–महासचिव निरञ्जन पौडेल अनशनमा बसेको रामसपाका प्रवक्ता केशव झाले जानकारी दिनुभयो ।

रिले अनशनमा फोरम गणतान्त्रिकका केन्द्रीय सदस्य सञ्जय यादव, संघीय लिम्बुवान पार्टीका सचिवालय सदस्य भीमराज लिम्बु, समाजिक लोकतान्त्रिक पार्टीकी कोषाध्यक्ष गोमाकुमारी लामा, आदिवासी जनजाति पार्टीका महासचिव टेकनारायण श्रेष्ठ, सदभावना युवा मञ्चका उपाध्यक्ष रंजितकुमार सिंहलगायत ३१ जना छन् ।

अनशनअन्तर्गत अपरान्ह तीन बजेपछि खुलामञ्चमा सांस्कृतिक कार्यक्रम गर्नुका साथै शीर्ष नेतृत्वबाट सम्बोधन गर्ने रामसपाका प्रवक्ता झाले बताउनुभयो ।

संविधान पुनर्लेखनको माग गरेर संघीय गठबन्धनले जेठ २५ गतेदेखि खुलामञ्चमा रिले अनशन सुरू गरेको हो । अनशनमा जनसमर्थन बढेको गठबन्धनको दाबी छ ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...