Tuesday, June 21, 2016

चितवनको खोलेसिमलमा लायन्स क्लव गठन

20160621_192014

रत्ननगर, चितवन ८ असार ।
पूर्वी चितवनको कालिका नगरपालिका स्थित खोलेसिमल बजारमा मंगलबार लायन्स क्लव अफ चितवन कालिका गठन गरिएको छ । स्थानीय समाजसेवी बिनोद रेग्मीको अध्यक्षतामा गठित क्लवको सचिवमा दिपक लामिछाने र कोषाध्यक्षमा सचिन रायमाझी चयन भएका छन् ।

20160621_200815

बाँकी पदमा केहि दिन भित्र चयन गरिने बताइएको छ । लायन्स क्लव अफ चितवन राइनो सिटीका अध्यक्ष वेद प्रसाद आचार्यको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि जोन चेयर पर्सन निरज श्रेष्ठ, राइनो सिटीका पूर्व अध्यक्ष राजाराम रेग्मी, प्रथम उपाध्यक्ष उमेश गिरी, कोषाध्यक्ष ओमलाल सापकोटा, सहसचिव युग बहादुर थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नव निर्वाचित अध्यक्ष रेग्मीले यस क्षेत्रमा एउटा महत्वपूर्ण सामाजिक संस्था स्थापना भएको भन्दै समाजमा विभिन्न सामाजिक कार्य गर्न संस्था अघि बढ्ने बताए । सबैको साथ र सहयोगले संस्थालाई मजबुत बनाउँदै सामाजिक उत्तरदायित्व वहन गर्न आफु कहिल्यै पछाडि नपर्ने बताए ।

20160621_202210

20160621_201323

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...