काठमाडौं, ८ असार । अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आतंककारी आक्रमणमा मारिएका १२ नेपालीको शव लिन नेपाल वायु सेवा निगम (नेवानी) को चार्टर विमान काबुल पुगेको छ ।
१२ नेपालीको शव र घाइते लिन काठमाडौंबाट बिहान ३ बजे उडेको विमान काबुलमा सफलतापूर्वक अवतरण गरेको क्याप्टेन (पाइलट) विजय लामाले जानकारी गराएका छन् ।
काबुलबाट शव ल्याउन तथा आवश्यक सहयोग र समन्वय गर्न सेनाको मेडिकल टिमसहित चार, प्रहरीबाट तीन, गृहबाट एक, परराष्ट्रबाट एक, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट एक जना सो विमानमा गएका छन् ।
शव बुधबार बिहान साढे ११ बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले जानकारी दिए ।
उनका अनुसार विमानमार्फत मृतक र घाइतेसँगै नेपाल फर्कन चाहने अन्य नेपालीलाई पनि विमानको क्षमताअनुसार ल्याइने छ ।
सोमबार भएको आतङ्ककारी आक्रमणमा परी १२ नेपालीको निधन भएको थियो भने ५ जना घाइते छन् ।
यसैगरी परराष्ट्र मन्त्रालयले नेपाल फर्कन चाहनेले कावा राजदूतलाई मो नम्बर +923045441953 वा इमेलः [email protected] सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।
No comments:
Post a Comment