Monday, June 27, 2016

ल है पेट सुरीस्याप्प राखेर सबले बसौं !!

ram-chandra-sharma-300x275दुनियाको सबैभन्दा अनौठो श्रीस्टी यो सुन
पेट मानिसको कत्ति क्रियाशील लौ भन

अल्छी होलान् भनि जीव पेट हाली दिएछन
पेटकै निहुमा सारा चल्ता पुर्जा बने जन

भोक लागेर सुत्दैन टन्न खाए निदाउछ
छैन खाने कुरा भन्दा आमा बाबु रुवाउछ

पेट बन्नु कहाँ काँ छ बुबु भर्दिन्छ छातीमा
त्यसैले पहिले आमा पर्दछिन अति जातिमा

सुब्बा हाकिम खरदार ठेकेदार ती नाइके
पेटले नै त होलानी टाउको टेक्ने यी टाउके

टाउकेका पनि टाउकामा अड्याई पेट त्यो ठूलो
पेटका दास भै नेता खन्दछन् घूसको द्लो

“जिम्नासियम” को पेशा चल्छ सर्बत्र पेटले
छुरा डाक्टर को चल्छ पेटमा एक भेटले

ल है पेट सुरीस्याप्प राखेर सबले बसौं
नत्र आरोप लाग्नेछ झन्झटमा किन पो फसौं

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...