Thursday, June 9, 2016

उपप्रधानमन्त्री थापा भारत जाँदै

kamal thapa 1काठमाडौँ, २७ जेठ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा दक्षिण एसियाली विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा भाग लिन शुक्रबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुहुने भएको छ ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री थापाले आफ्ना समकक्षी सुष्मा स्वराजसहित केही उच्च पदस्थ सरकारी अधिकारी र राजनीतिक नेतृत्वसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका निमित्त सचिव भरतराज पौड्यालले बताउनुभयो ।

उपप्रधानमन्त्री थापा आगामी आइतबार स्वदेश फर्कनुहुनेछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...