Thursday, June 9, 2016

    गैर- आवासीय नेपाली संघ ,  केन्याद्वारा नेपाली  राजदुत ज्यु को स्वागत /

unnamed

गैर- आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति ,केन्याले आफ्नो ओहोदाको प्रमाण पत्र पेश गर्न आउनु भएका  दक्षिण अफ्रीका का  लागि नेपाली राजदुत,  महामहिम  अमृत  राईको  एक समारोह  का बीच भब्यस्वागत गरेको छ l उहा लाई नेपाल सरकार ले   केन्या लगायत  पुर्बी अफ्रीका क्षेत्र का ७ वटा मुलुकको लागि पनि कार्यभार  दिए को छ l उक्त अवसर मा केन्या का लागि नेपाली  अवैतानिक महाबाणिज्य दुत श्री जिम्मीअस्कर  ज्यु को पनि उपस्थिति रहेको थियो l कार्यक्रममा महासचिव श्री कृष्ण दत्त भट्ट ले स्वागत   मन्तब्य  दिदै संघ का गतिबिधि  बारे राजदुत ज्यु लाई अवगत गराउनु भको थियो l

अधक्ष्य रामचन्द्र बस्यालले केन्यामा नेपाली राजदुताबास खोल्न पर्ने  आवस्यकता रहेको र पुर्बी अफ्रीका क्षेत्र का ७ वटा मुलक मा रहेको सम्पूर्ण नेपाली हरु को पनि  यहि माग रहेको कुरा जानकारी गराउन भएको थियो lउक्त कुरा लाई नेपाल सरकार,पररास्ट्र मन्त्रालय समक्ष प्रस्तुत गरिदिन हुन् गैर आवासीय नपाली संघ अफ्रीका का संयोजक श्री सुनिल कार्की ज्यु ले महामहिम राजदुत ज्यू मा निबेदन पेश गर्नु भए को थियो l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...