अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको रजतजयन्ती यही जुन ४ र ५, २०१६ मा अमेरिकाको भर्जिनियामा बिबिध कार्यक्रमका बीच सम्पन्न भएको छ । जुन ४, २०१६ का दिन भर्जिनियामा आयोजित एक समारोहमा रात्रिभोजको आयोजनाको अबसरमा बोर्ड अफ ट्रष्टीका सभापति डा. श्याम कार्की, केन्द्रीय कार्यसमितिका अध्यक्ष पदम बिश्वकर्मा र संस्थापक अध्यक्ष होमनाथ सुबेदीले सयुक्तरुपमा केक काटेर रजतजयन्ती कार्यक्रम शुभारम्भ गरिएको थियो ।
कार्यक्रमको दोस्रो दिन जुन ५, २०१६ का दिन बोर्ड अफ ट्रष्टीका सभापति डा. श्याम कार्कीको सभापतित्वमा आयोजितउद्घाटन समारोहको कार्यक्रममा प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्की र डा. श्याम कार्कीले संयुक्तरुपमा बेलुन उडाएर रजतजयन्ती समारोहको उदघाटन गर्नु भएको थियो । प्रमुख अतिथि, विशिष्ट अतिथिहरुबाट साहित्यकारको तस्वीरमा माल्यार्पण पश्चात पन्च कन्याहरुबाट नेपाली र अमेरिकन राष्ट्रिय गित प्रस्तुत गरिएको थियो । संस्थाका अध्यक्ष पदम विश्वकर्माले स्वागत मन्तब्यबाट स्वागत र छन्द कवि दुर्गा रिजालले स्वागत कविताबाट स्वागत गरिएको थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष होमनाथ सुबेदीलाई अभिनन्दन गरिएको अभिनन्दनपत्र र संस्थापकहरु, पूर्व अध्यक्षहरु, ट्रष्टी सदस्यहरु, अन्तरदृष्टिका प्रधान सम्पादकहरु, अनेसास संचार डबलीका संचालक, दर्पणका प्रधान सम्पादक, छन्द अलंकारका सम्पादक, बिधान संशोधन समितिका संयोजकहरु, पुरस्कार समितिका अध्यक्षहरुलाई रजतजयन्ती पदक, मायाँको चिनो प्रदान गरिएको थियो । यसै अबसरमा खेम संग्रौलाबाट गित प्रस्तुत गरिनुका साथै रजतजयन्ती स्मारिका, अनेसासको इतिहास र प्रथम अन्तर्राष्ट्रिय महिला सम्मलेनको स्मारिका बिमोचन गरिएको थियो ।
समारोहमा प्रमुख अतिथि राजदुत डा. अर्जुन कार्की, पूर्व अध्यक्षहरुको तर्फबाट गीता खत्री, अनेसास पुरस्कार समितिका तर्फबाट सीता पाण्डे, संस्थापकहरुको तर्फबाट होमनाथ सुबेदी, र विमोचित कृतिहरुका बारेमा प्रा. डा. खगेन्द्रप्रसाद लुइटेलले आआफ्नो मन्तब्य प्रकट गरेका थिए । यसै गरी कार्यक्रमका सभापति डा. श्याम कार्कीले धन्यवाद ज्ञापन गर्दै उद्घाटन समारोह समापन गरेका थिए । उद्घाटन समारोह महासचिब गोबर्धन पूजाले संचालन गरेका थिए ।
अध्यक्ष पदम विश्वकर्माको सभापतित्वमा आयोजित दोस्रो सत्रको अनेसासको भाबी कार्यदिशाको बारेमा छलफल गर्न आयोजित अन्तरक्रिया कार्यक्रममा अनेसास डीसी च्याप्टरका अध्यक्ष रामप्रसाद खनाल, अनेसासका उपाध्यक्षहरु भीमसेन सापकोटा र प्रकाश पौडेल, पूर्व अध्यक्षहरु बसन्त श्रेष्ठ, पुरु सुबेदी, मोहन सिटौला र भिम रेग्मी, साहित्यकार गोबिन्द गिरी प्रेरणा, पर्थ च्याप्टरका अध्यक्ष गणेश घिमिरे, साहित्यकार कृष्ण धराबासी, राजेन्द्र केसी, गोबिन्द सिंह रावत, अनु शाह, तिर्थराज अधिकारी, एच वि भण्डारी, एलबी छेत्री, इश्वरी गौतम, गोपाल रेग्मी, चन्द्रप्रसाद भट्टराई, राजेन्द्र श्रेष्ठ आदीले सुझाब प्रकट गरेका थिए ।
कार्यक्रममा अध्यक्ष पदम विश्वकर्माले जिज्ञासाहरुप्रति जानकारी प्रकट गर्दै अनेसासको वर्तमान अवस्था, यसकागतिविधिहरु, यसका भाबी रणनीतिहरुका बारेमा मन्तब्य प्रकट गरेका थिए । अन्तरक्रिया कार्यक्रम बोर्ड अफट्रष्टीका सचिब शिब लामिछानेले संचालन गरेका थिए ।
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको सभापतित्वमा र साहित्यकार दिनेश अधिकारीको आतिथ्यतामा आयोजितबिशेष काब्य गोष्ठीमा अनु शाह, एलबी छेत्री, राजेद्र श्रेष्ट, इश्वरी गौतम, डन कार्की, तिर्थ राज अधिकारी, भिम कट्टेल, शरद निरौला, मन्जु निरौला, कृष्ण धराबासी, सिता पाण्डे, भिम रेग्मी, मनोज प्रधान, बिक्रम गौतम, दुर्गा रिजाल, दिनेश अधिकारी, राम प्रसाद खनाल, गोबिन्दसिंह रावत, गीता खत्री, दिपा राइ, राम बस्याल, रामेश्वर घिमिरे, रबिन्द्र श्रेष्ठ, रजनी श्रेष्ठ, परशु तिमिसिना, सर्बग्य पौडेल, गोबिन्द गिरी प्रेरणा, नारायण अधिकारी, विकास बिष्ट, मोहन निरौला, कल्पना सुबेदी, पुस्कर पन्त, बिमला निरौला, निलकन्ठ सुबेदी, शिब लामिछाने, अग्नि पराजुली, निरा शर्मा, राम लामा, रामशरण हुमागाईं, विश्वबन्धु, कविन्द्र सिटौला, प्रकाश सुबेदी पुरु सुबेदी, प्रकाश नेपाल होमनाथ सुबेदी, गुणराज लुइँटेल, पदम बिश्वकर्मा गोबर्धन पूजा, गोपाल रेग्मी, गणेश घिमिरे, शान्तिराम ढकाल, प्रकाश पौडेल, जीबन अर्याल आदिले आआफ्ना रचना बाचन गरेका थिए ।
समारोहमा छन्द कबि दुर्गा रिजालको दुर्गा रिजालको ग्रीन कार्ड कविता संग्रहको बिमोचन पनि गरिएको थियो । कार्यक्रममा सभापति प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेलबाट प्रसंशा पत्र, मायाको चिनो र रजतजयन्ती पदक प्रदान गरिएको थियो भने गोबर्धन र प्रकाश नेपालबाट कार्यक्रम संचालन गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा भिभिन्न राष्ट्र, अमेरिकाका बिभिन्न राज्यहरुबाट आउनु भएका अतिथिहरु, स्थानीय साहित्यकारहरुको सम्मानमा अमेरिका स्थित नेपाली राजदूतावासको कार्यालयमा रात्रिभोजको आयोजनागरिएको थियो । रात्रिभोजको अन्तमा राजदुत कार्की, बोर्ड अफ ट्रष्टीका सभापति डा. श्याम कार्की र अनेसासका अध्यक्ष पदम विश्वकर्माले धन्यवाद ज्ञापन गर्दै मन्तब्य प्रकट गरेका थिए ।
No comments:
Post a Comment