Thursday, June 9, 2016

चट्याङले लघुजलविद्युत् आयोजनामा क्षति

भोजपुर, २७ जेठ । गएराति परेको चट्याङ्का कारण भोजपुरको पूर्वी बालङ्खा गाविसमा रहेको बुवाखोला लघुजलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

राति २ः३० बजेतिर परेको चट्याङ्ले ११ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजना पूर्णरुपमा क्षति भएको छ ।

चट्याङले १५ भन्दा बढी घरमा क्षति पुगेको छ । पोलमा अर्थिङ नभएका कारण चट्याङ परेको हुन सक्ने स्थानीयवासीको भनाइ छ ।

चट्याङमा परी पाँच जना घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको स्थानीयवासी राजकुमार खत्रीले जानकारी दिनुभयो ।

सो आयोजनाबाट बालङ्खाका ८९ घरमा विद्युत् वितरण गरिएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...