Wednesday, June 22, 2016

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

argentina८ असार, काठमाडौं । अर्जेन्टिना कोपा अमेरिकाको फाइलमा पुगेको छ ।

आज अमेरिकाको टेक्सामा भएको खेलमा घरेलु टोली अमेरिका विरुद्ध ४-०को पजत निकाल्दै अर्जेन्टिनाले कोपा अमेरिकाको फाइनलमा स्थान पक्का गरेको हो । अब उसले उपाधिका लागि कोलम्बिया र चिलीबीचको बिजेतासँग खेल्नु पर्ने छ ।

लियोनलज मस्सीले अर्जेन्टिनाको लागि गोलको किर्तिमान राखेको खेलमा मेस्सी, लाभाजी र हिगुइनले गोल गरेका थिए ।
खेलको पहिलो ३ मिनेटमा नै लाभाजिले हेड मार्फत अर्जेन्टिनालाई सुरुवाति अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा पाएको फि्र किकमा उत्कृष्ठ गोल गर्दै मेस्सीले ५५ गोलको किर्तिमान राखेका हुन् । दोस्रो हाफको ५० औं र ८६ औं मिनेटमा हिगुइनले गोल गर्दै अर्जेन्टिनालाई उपाधी नजिक पुर्‍याएका हुन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...