Wednesday, June 22, 2016

काँग्रेस चुनावबाट भाग्न सक्दैन : उपाध्यक्ष ज्ञवाली

downloadफलेवास (पर्वत), ८ असार । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले प्रतिपक्षी दल नेपाली काँग्रेस कुनैपनि चुनावबाट बाहिर बस्न नसक्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल पर्वत शाखाले आज बिहान कुश्माबजारमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष ज्ञवालीले सरकारले २०७४ सालभित्र स्थानीय, प्रादेशिक र प्रतिनिधिसभाको चुनाव घोषणा गरिसकेको बताउनुभयो ।

उपाध्यक्ष ज्ञवालीले मुलुकको ठूलो दलको हैसियतले पनि नेपाली काँग्रेस चुनावबाट भाग्न नमिल्ने बताउनुभयो । संविधान बनाउन अगुवाइ गरेको काँग्रेसले कार्यान्वयनका लागि पनि चुनावमा सहभागी हुनुको विकल्प छैन ।

संविधानले व्यवस्था गरेअनुसार चुनाव गराउनु नै पर्दछ । उपाध्यक्ष ज्ञवालीले अहिलेको संविधानमा भएका केही अपूर्णतालाई संशोधनको माध्यमबाट परिमार्जन गरेर पूर्णता दिन सकिने बताउँदै वार्ता र संवादबाटै मधेसवादी दलका माग पूरा गरेर संविधानको सफल कार्यान्वयनतर्फ लाग्नुपर्ने बताउनुभयो ।

उहाँले मधेसवादीलाई छिटो वार्तामा आएर समस्याको समाधान खोज्न आग्रह पनि गर्नुभएको छ । उहाँले काँग्रेस सरकारमा आए जस्तोसुकै लचकता अपनाउन पनि सकिने बताउनुभयो ।

‘‘काँग्रेस सरकारमा आउँछ भने एमाले जस्तोसुकै मूल्य चुकाउन पनि तयार छ’’ उहाँले भन्नुभयो ‘‘संविधानको पूर्ण कार्यान्वयनका लागि पनि राष्ट्रिय सहमति आवश्यक रहेको छ ।’

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...