Friday, June 10, 2016

संविधान कार्यान्वयनका लागि प्रमुख दल एक हुनुपर्नेः महासचिव

1465547283ishwor-pokhrel-final-finalकाठमाडौं, २८ जेठ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले संविधान कार्यान्वयन गर्नका लागि प्रमुख राजनीतिक दल एक भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपालले आज यहाँ आयोजित अन्तर–संवाद कार्यक्रममा महासचिव पोखरेलले संविधान कार्यान्वयनका लागि प्रमुख दलबीच आपसी समझदारी हुनपर्ने बताउनुभयो ।

उहाँले एमाले राष्ट्रिय सहमतिको सरकारको पक्षमा रहेको बताउँदै सहमतिको सरकार बन्दा एमालेको आपत्ति नहुने उल्लेख गर्नुभयो ।

महासचिव पोखरेलले सहमतिको सरकार बन्दा नेतृत्व जसले लिए पनि आफूलाई आपत्ति नहुने बताउनुभयो । ‘‘हामी सहमतिको पक्षमा छौ । यदी मुख्य पार्टीबीच सहमति हुन्छ भने हाम्रो सहमति छ’’ उहाँले भन्नुभयो–‘‘सरकारको नेतृत्व कसले लिन्छ भन्नेमा हाम्रो आपत्ति छैन । जसले लिए पनि हुन्छ ।’’

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा भएको अन्तर संवाद कार्यक्रममा एमालेका सचिव तथा प्रचारप्रसार विभाग प्रमुख योगेश भट्टराई, प्रचारप्रसार विभाग उपप्रमुख सूर्य थापा, चौतारीका पूर्व अध्यक्ष शम्भु श्रेष्ठ र गगन विष्टलगायत उपस्थित रहनुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...