Thursday, June 9, 2016

अञ्चल अस्पतालमा अक्सिजन प्लान्ट

rapti-anchal-hospital-650x250दाङ, २७ जेठ । राप्ती अञ्चल दाङ जिल्लाको तुलसीपुरमा अक्सिजन ग्यास प्लान्ट निर्माण हुने भएको छ । अस्पताललाई आवश्यक पर्ने अक्सिजन ग्यास प्लान्ट निर्माणको काम सुरु गरिएको राप्ती अञ्चल अस्पताल विकास समितिका अध्यक्ष रुद्रमणि शर्माले जानकारी दिनुभएको छ ।

यो प्लान्ट नेपालमै पहिलोपटक सरकारी अञ्चल अस्पतालले सुरु गर्न लागेको हो । नेपाल सरकारबाट प्राप्त सहयोग रु एक करोड २५ लाख बजेटबाट ग्यास प्लान्ट निर्माण हुने अस्पतालले जनाएको छ । अक्सिजन ग्यास प्लान्टका लागि रु ८० लाख बराबरको टेन्डर भएको र निर्माणको जिम्मा पाएको मेडी अक्सिजन प्रालिलाई सो निर्माणको जिम्मा दिएको बताइएको छ ।

अक्सिजन प्लान्ट निर्माण सँगै अस्पताललाई आर्थिक भार पनि कम हुने बताइएको छ । सो प्लान्ट निर्माण सँगै अस्पताललाई आवश्यक पर्ने अक्सिजन बाहिरबाट ल्याउनु नपर्ने र अस्पताललाई आर्थिक भार पनि कम पर्ने अस्पतालले जनाएको छ ।

हाल दैनिक चार सिलिन्डर ग्यास अस्पतालमा खपत हुँदै आएको अस्पतालका मेसु डा भोलाराम श्रेष्ठले जानकारी दिनुभयो । अस्पतालले वार्षिक रु १५ लाखको अक्सिजन ग्यास बाहिरबाट आयात गर्ने गरेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...