Wednesday, July 27, 2016

पूर्व थाई प्रधानमन्त्रीद्वारा सेनाले प्रस्ताव गरेको संविधान अस्वीकार

Thailand_map-176x300

बैंकक (थाइल्यान्ड), १२ साउन । थाइल्यान्डको सबैभन्दा पुरानो राजनीतिक दल डेमोक्रेट पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री अभिसित भेज्जाबिबाले थाइल्यान्डको सैनिक सरकारले प्रस्ताव गरेको नयाँ संविधानलाई आफू र आफ्नो दलले स्वीकार गर्न नसक्ने बताउनुभएको छ । भेज्जाबिबाको यो प्रतिक्रियालाई उनको दलको आधिकारिक अडान भने नभएको बताइएको छ । थाइल्यान्डमा सैनिक सरकारले राजनीतिक दलको बैठक, भेला तथा सम्मेलन गर्न नपाउने गरी प्रतिबन्ध लगाएका अवस्थामा आधिकारिक राजनैतिक निर्णय आउन नसकेको हो । सरकारले प्रस्तुत गरेको संविधानको खाकामाथि आलोचना गर्नसमेत पनि कडा सीमा निर्धारण गरेको छ । सेनाले तयार पारेको उक्त संविधानको खाकालाई आगामी अगस्ट ७ मा हुने जनमतसङ्ग्रहका लागि पेस गरिने छ ।

अभिसितले सैनिक सरकारद्वारा प्रस्तावित संविधानको खाकामा देशमा व्याप्त भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी संयन्त्रको कल्पना नगरिएको साथै यसले थाई नागरिकको स्वतन्त्रतालाई सीमित राखेको लगायतका कुरामा असहमति जनाउँदै यस खाकाको विरोध गर्नुभएको छ । डेमोक्रेट्सका राजनीतिक प्रतिद्वन्द्वी पार्टी फेउ थाई पार्टीले पनि नयाँ संविधानको प्रस्तावप्रति असहमति जनाएको छ । थाइल्यान्डको सेनाले फेउ थाई पार्टीलाई सन् २०१४ मा सत्ताच्युत गरी शासन सम्हाल्दै आएको छ । रासस÷एपी

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...