Wednesday, July 27, 2016

” को नेपाली?” भिडियो तथा फोटो प्रतियोगिताको बिजेता घोषित

 unnamed (2)-जब म राजधानी आए, तेती बेला मैले मेरो राष्ट्रियताको ठाउँ ठाउँमा परिचय दिनु पर्यो मैले ! मेरो बोलीको लवज र छालाको रंग हेरेर मेरो राष्ट्रियताको निर्णय गरिन्थ्यो |

–राष्ट्र आमाको नाममा उनको सन्तानलाइ नागरिकता दिन आस्विकार गर्छ |

माथि उल्लेखित घतलाग्दो वाक्यहरु “को नेपाली” प्रतियोगितामा प्रतियोगीहरुले पठाउनु भएको सिर्जनाबाट साभार गरिएको हो | यी शब्दले अझै पनि हाम्रो नेपालमा “सहि” नेपाली हुन कति गारो छ भन्ने कुरा पुष्टी गर्छ|

unnamed

“२१ सौ शताब्दीमा नेपाली हुनु भनेको के हो?” भन्ने शीर्षकमा रचनात्मक छलफल, साथसाथै नेपाली नागरिकबीच बहसको संस्कृति बलियो बनाउने उदेश्यले, कोड फर नेपालले गत मार्च महिनामा “को नेपाली?” भन्ने भिडियो तथा फोटो प्रतियोगिता आयोजना गरेको थियो|  प्रतियोगितामा सहभागीहरुलाइ नेपाली, भोजपुरी, मैथली, तामांग र अंग्रेजी भाषा मध्ये एक भाषामा भिडियो बनाउन साथै फोटोको लागि नेपालको सामाजिक, सांस्कृतिक र जातीय बिबिधता झल्कने तस्बिर पठाउना अनुरोध गरिएको थियो | प्रतियोगितामा १५० भन्दा बढीको सहभागिता थियो |

unnamed (1)

प्राप्त सिर्जनाहरुबाट छानिएको श्रेष्ठ २० भिडियो र फोटोहरु अन्तिम निर्णयको लागि निर्णायक मण्डलकोमा पठाइएको थियो| बिजयी  भिडियो र फोटोहरु मंजु श्री थापा, शिवानी न्यौपाने, अनुप काफ्ले, नयन तारा कक्षपति र लेक्स लिम्बुको समूहले छान्नु भएको हो |

भिडियो तर्फ़को बिजेताको नाम यस प्रकार छ:

प्रथम: पुकार राई

दोश्रो: सौरव राजभण्डारी

तेस्रो: मोहन खनाल

फोटो तर्फ़को बिजेताको नाम यस प्रकार छ:

प्रथम: मोनिका झा

दोश्रो: उन्न्मिद ढकाल

तेस्रो: सुबर्ण तन्दुकर

भिडियो तर्फ़को बिजेताले रु. २५,००० र प्रमाणपत्र, र फोटो प्रतियोगिता तर्फ़को बिजेताले रु १०,००० र प्रमाण पत्र पाउनुहुने छ |

भिडियो विजेताका लागि पुरस्कार

प्रथम पुरस्कार: रु २५,००० तथा प्रमाणपत्र

द्वितीय पुरस्कार : रु १०,००० तथा प्रमाणपत्र

तृतीय पुरस्कार: रु ३,००० तथा प्रमाणपत्र

फोटो विजेताका लागि पुरस्कार

प्रथम पुरस्कार: रु १०,००० तथा प्रमाणपत्र

द्वितीय पुरस्कार : रु ५,००० तथा प्रमाणपत्र

तृतीय पुरस्कार: रु २,००० तथा प्रमाणपत्र

कोड फर नेपाल नेपालमा डिजिटल साक्षरता तथा खुला डाटाको प्रयोग बढाउनका लागि युनाइटेड स्टेट्स अफ अमेरिकामा दर्ता गरिएको  एउटा  501(c)(3) गैर सरकारी संस्था हो|

थप जानकारीका लागि हाम्रो संचार समूह लाई [email protected] मा सम्पर्क गर्नुहोला |

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...