Thursday, July 28, 2016

रु दुई अर्ब तीस करोड सेयर कारोबार

काठमाडौँ, १३ साउन । धितोपत्र बजारमा आज नेप्से परिसूचक ३.५२ अङ्कले घटेर एक हजार ८७७ बिन्दुमा ओर्लिएको छ । तर कारोबार रकम भने घटेको छैन ।

नेपाल स्टक एक्चेन्जका अनुसार आज रु दुई अर्ब ३० करोड पाँच लाख १६ हजार बराबरको कारोबार भएको छ । कुल १४७ कम्पनीको एक करोड सात लाख सात हजार १४६ कित्ता सेयर कारोबार भएको छ ।

जलविद्युत् ०.३४, विकास बैंक ०.२४ वाणिज्य बैंक ०.१५, अन्य समूह ०.५२, उत्पादन २.१९, होटल समूहको सेयर कारोबारमा शून्य प्रतिशतले कमी आएको छ भने फाइनान्स ०.६६ र बिमा समूह ०.०४ प्रतिशतले बढेको स्टकले जनाएको छ ।

नेपाल बैंक लिमिटेडको रु २३ करोड ५० लाख, सिद्धार्थ बैंकको रु ११ करोड ५३ लाख, एनएमबी र नेपाल बैंक लिमिटेडको रु आठ÷आठ करोडको सेयर कारोबार भएको छ । बोटलर्स नेपालको सेयरको मूल्य झन्डै १० प्रतिशतले कमी आएपछि उत्पादन समूहको सेयर नै ओरालो लाग्यो । देव विकास बैंक र ललितपुर फाइनान्सका लगानीकर्ताले आज नौ प्रतिशत बढीले नाफा कमाए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...