Thursday, July 28, 2016

बाढीपहिरो पीडितलाई राहत र उद्धार गर्न उपराष्ट्रपति पुनको आग्रह

30102015080920pasang-1000x0काठमाडौँ, १३ साउन । उपराष्ट्रपति नन्दबहादुर पुनले अविरल वर्षाका कारण प्यूठानलगायत विभिन्न जिल्लामा बाढी र पहिरोबाट भएको ठूलो मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति पुनले आज एक विज्ञप्ति प्रकाशित गरी प्यूठान, बागलुङ, रोल्पा, दाङ, पाल्पा, कपिलवस्तु, मकवानपुर, झापा, उदयपुर, रुपन्देही, अर्घाखाँची, पर्वत, सर्लाही, दोलखा, बारा, बाँकेलगायतका जिल्लामा बाढीपहिरोबाट दर्जनौँ मानिसको मृत्यु भएको, कतिपय बेपत्ता र घाइते भएको, तराई मधेसमा डुबानका कारण हजारौँ नागरिक विस्थापित भएको र पहिरोले सयौँ परिवारको उठिबास भएको घटनाप्रति उहाँले दुःख व्यक्त गर्नुभएको हो ।

उहाँले बाढी पहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

तराई मधेसको बाढी र डुबान, पहाडको बाढी पहिरोमा बेपत्ता भएकाहरुको छिटो खोजी गर्न, बाढी पहिरोमा परेका पीडितहरुको यथाशीघ्र उद्धार गर्न र पीडितलाई राहत दिलाउन उहाँले सरकारको ध्यानाकर्षण पनि गराउनुभएको छ ।

यस्तै, उहाँले आज अपराह्न धनकुटामा बस दुर्घटना हुँदा पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवासहित सात जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...