तिमीसँग प्रेमको भीख माग्दै छुँ
हिमालको सेतो तस्विर देखेर
मैले आफ्नै देशको भीख माग्दै छुँ
सुन्दै छुँ, देशभित्र मान्छेहरु
मान्छे खाँदै छन् रे !
बँगैचामा फूलको सुन्दरताको बिचमा
हत्या सुरु गर्दै छन् रे !
प्रेम र जीवनको किनबेच
सुन्धाराको आकासे पुलमुनि
कुनै अँध्यारो छिंडीमा सुरु भएको छ रे !
आजकल त मानिसहरु बाटो-बाटोमा
जानपहिचान बिना नै र बिनाकारण
मुसुक्क हाँस्छन रे
आफ्नै सपनाहरुको हत्या गरेर
खोलाहरुका पुछारमा पानी रातो हुन्छ रे!
मिर्मिरेमा हिंडेका सावित्रीहरु
साँझमा घर फर्कंदैनन
यहाँ त हाँसो बर्जित छ ,छ नै
सुनिदैछ हाँसो बर्जित गरिंदै छ रे !
दैलो ,संघार र मनको गहिराइमा पनि
किनकि हाँसो ,खुसी,प्रेम र न्याय
न्यायालयको राक्षसालयमा
थोकमा खरिद भैरहेको छ अरे !
र,कुनै दिन दर्शनको लागि छांदेर आउनेछ
न्यायालयको पर्तिमुर्तिहरुबाट
उनीहरुले दिनेछन
आफ्नै ढंगमा प्रेमको परिभाषा
हाँसोको व्यंग्यात्मकता
खुसीको उत्साह
र,न्यायको स्पर्श
देशबाहिर भएर थुनिनु
देशभित्र भएर थुनिनु
नियति सायद एउटै भएको छ होला
बगैंचाको रातो फूल देखेर
तिम्रो प्रेमको भिखारी भएको म
मैले तिम्रो प्रेम त पाइसकें
तर अझै पनि आफ्नै देश भीख मागिरहेछुँ
भर्जीनिया , युएसए
No comments:
Post a Comment