Saturday, July 9, 2016

बाढीपीडितलाई सुरक्षित स्थानमा सारियो

मेलम्ची, २५ असार । भोटेकोसी नदीमा आएको बाढीका कारण जोखिममा परेका तातोपानि, लिपिङ, लार्चाका बासिन्दालाई नेपाली सेनाले बाह्रबिसे तथा काठमाडौँमा सारेको छ ।

बाह्रबिसे तातोपानी सडकखण्ड अवरुद्ध भएपछि नेपाली सेनाको एमआइ १७ हेलिकोप्टरबाट उनीहरुलाई सुरक्षित स्थानमा सारिएको हो ।

बाढीले सडक कटान गरेर यातायातमा समस्या भएको तथा विभिन्न ठाउँमा पहिरो जान थालेपछि उक्त क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानतर्फ सार्नु परेको होे ।

शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट ५८ जनालाई बाह्रबिसे ल्याएको र बाह्रबिसेबाट ४५ जनालाई विभिन्न सवारीसाधनमार्फत काठमाडौँ लगिएकोे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक योगराज खतिवडाले बताउनुभयो ।

उहाँका अनुसार बाँकी रहेका नौ जना बलेफीमा रहेको आफन्तकोमा र अन्य चार जना बाह्रबिसेमा नै बसेको खतिवडाले जानकारी दिनुभयो ।

हेलिकोप्टरबाट स्थानान्तरण गरिएका पीडित भने आफन्तकोमा शरण लिन बाध्य छन् । सरकारले कतै सुरक्षित स्थानमा राख्न पहल नगरेको पीडितको गुनासो छ ।

गत मङ्गलबार बेलुका चिनियाँ क्षेत्रमा परेको अत्यधिक वर्षाका कारण भोटेकोसी नदीमा आएको बाढीले हालसम्म २८ घर बगाइसकेको छ भने भोटेकोसी हाइड्रो पावरको ड्याममा क्षति पुगेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...