Wednesday, July 27, 2016

गड्डाचौकीबाट दुई युवतीको उद्धार

womenकञ्चनपुर, १३ साउन । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै रोजगारीको प्रलोभन दिई भारततर्फ लगिँदै गरेका दुईजना युवतीको बुधबार साँझ उद्धार गरिएको छ ।

किर्गिस्तानमा रोजगारीमा पठाइदिने भन्दै भारततर्फ लगिँदै गरेका दोलखाकी २० वर्षीया र रामेछापकी २१ वर्षीया युवतीको सीमा नाकामा उद्धार गरिएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो ।

उद्धार गरिएका युवतीलाई माइती नेपालको अद्यावधिक गृहमा राखिएको छ । युवतीलाई भारततर्फ लग्ने कार्यमा संलग्न सिन्धुपलाञ्चोकका ४० वर्षीय विनोद तामाङ र सिन्धुलीका ४७ वर्षीय नारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरी अनुसन्धानको कार्य गरिरहेको छ । उद्धार गरिएका युवतीलाई परिवारको जिम्मा लगाइने संयोजक भट्टले बताउनुभयो ।

माइती नेपाल कञ्चनपुरले आव २०७२-७३ को अवधिमा ३०३ जना महिलाको सीमा नाकामा रोकथाम, ३०२ जनाको पारिवारिक पुनःमिलन र २२ जनाको उद्धार गरेको जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...