Wednesday, July 27, 2016

कालीगण्डकीले ७६ रोपनी खेत बगायो

Badhi-duban-200x250रामपुर (पाल्पा), १३ साउन । अविरल वर्षाले कालीगण्डकी नदीमा बाढी आउँदा नदी आसपासका ७६ रोपनी खेतमा ठूलो क्षति पुगेको छ । नदी आसपासमा रहेका खेतीयोग्य जमिन बाढीले पुरिँदा, बगाउँदा किसान चिन्तामा परेका छन् ।

रामपुर नगरपालिका–१ स्थित तिलडाँडामा ४२ रोपनी, वडा नं १४ मा आठ रोपनी, वडा नं १५ मा १३ रोपनी र गजरकोटको गाडापानीमा १३ रोपनी खेतमा नदीले पूर्णरुपमा क्षति पु¥याएको छ ।

त्यस्तै, साँखरको बर्खेघाटका खेतमा नदीले कटान गरेको छ । एक्कासि नदीमा बाढी आएपछि खेतमा लगाएको रोपो सबै पुरिएको छ । “धान रोपेर हरियो नहुँदै बाढीले सबै खेती नोक्सान पु¥यायो, वर्षदिन खाने खेती अब कसरी जीविका चलाउने भन्ने चिन्ताले सताएको छ” कृषक लक्ष्मण पन्तले भन्नुभयो ।

उहाँलाई मात्रै होइन अर्का किसान ठाकुर पाण्डेलाई पनि बालबच्चा कसरी पाल्ने भन्ने चिन्ताले सताएको छ । कालीनदीको बाढी खेतमा पसेर रोपोमा क्षति पुग्दा ठूलो नोक्सान बेहोर्नु परेको छ । “किसानलाई कहिले पानी आएर नोक्सान, कहिले नआएर नोक्सान बेहोर्नु परिराखेको छ”, उहाँले गुनासो गर्नुभयो ।

रामपुर–१४ का एक दर्जन जति किसानका खेत कालीगण्डकी नदीले कटान गरेको स्थानीयवासी दामोदर तिमिल्सिनाले बताउनुभयो ।रामपुर (पाल्पा), १३ साउन । अविरल वर्षाले कालीगण्डकी नदीमा बाढी आउँदा नदी आसपासका ७६ रोपनी खेतमा ठूलो क्षति पुगेको छ । नदी आसपासमा रहेका खेतीयोग्य जमिन बाढीले पुरिँदा, बगाउँदा किसान चिन्तामा परेका छन् ।

रामपुर नगरपालिका–१ स्थित तिलडाँडामा ४२ रोपनी, वडा नं १४ मा आठ रोपनी, वडा नं १५ मा १३ रोपनी र गजरकोटको गाडापानीमा १३ रोपनी खेतमा नदीले पूर्णरुपमा क्षति पु¥याएको छ ।

त्यस्तै, साँखरको बर्खेघाटका खेतमा नदीले कटान गरेको छ । एक्कासि नदीमा बाढी आएपछि खेतमा लगाएको रोपो सबै पुरिएको छ । “धान रोपेर हरियो नहुँदै बाढीले सबै खेती नोक्सान पु¥यायो, वर्षदिन खाने खेती अब कसरी जीविका चलाउने भन्ने चिन्ताले सताएको छ” कृषक लक्ष्मण पन्तले भन्नुभयो ।

उहाँलाई मात्रै होइन अर्का किसान ठाकुर पाण्डेलाई पनि बालबच्चा कसरी पाल्ने भन्ने चिन्ताले सताएको छ । कालीनदीको बाढी खेतमा पसेर रोपोमा क्षति पुग्दा ठूलो नोक्सान बेहोर्नु परेको छ । “किसानलाई कहिले पानी आएर नोक्सान, कहिले नआएर नोक्सान बेहोर्नु परिराखेको छ”, उहाँले गुनासो गर्नुभयो ।

रामपुर–१४ का एक दर्जन जति किसानका खेत कालीगण्डकी नदीले कटान गरेको स्थानीयवासी दामोदर तिमिल्सिनाले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...