Monday, July 4, 2016

नेपाल बारले कांग्रेस, एमाले, माओवादीसहितका दलसँग छलफल गर्दै

Nepal-Bar-650x366काठमाडौं, २१ असार । नेपाल बार एशोसिएसनले वार्ताका लागि दबाब दिने उद्देश्यले प्रमुख विपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ एमाले, माओवादी केन्द्रसहितका दलका नेताहरूसँग परामर्श गर्दैछ ।

अपरान्ह चार बजे नेपाल बार एशोसिएसनको मुख्यालय रामशाह पथमा हुने छलफलमा वार्ता सहजिकरण समितिले प्रमुख दल प्रतिनिधिहरूसँग परामर्श गर्नेछ ।

बार एशोसिएसनले आन्दोलनरत समूहका मागलाई सम्बोधन गर्नु पर्ने तथा वार्ताबाट समस्याको समाधानका लागि सहजिकरण गर्ने उदेश्यले पहल लिँदै आएको छ ।

वरिष्ठ अधिवक्ता तथा नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष शम्भु थापासहितका अधिवक्ता रहेको वार्ता सहजिकरण समितिले संघीय गठबन्धनका मागका विषयमा सरोकारवाला निकायलाई दबाब दिने जनाउँदै आएको छ ।

यसअघि संघीय गठबन्धनका नेताहरूसँग परामर्श गरेको वार्ता सहजिकरण समितिले सरकारका साथै विभिन्न दलका नेताहरूसँग अनौपचारिक परामर्श गर्दै आएको छ ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...