Monday, July 4, 2016

ट्रक घरमा पस्दा आठमहिने बालिकाको मृत्यु

Truck-Accidentचितवन, २१ असार । चितवनको मुग्लिन–नारायणगढ सडकअन्तर्गत चण्डिभज्ञ्याङको पाँचकिलोमा एक घरमा ट्रक पस्दा एक बालिकाको मृत्यु भएको छ ।

काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना २ ख ९६९९ नम्बरको ट्रक चण्डिभज्ञ्याङ गाविस–९ को पाँचकिलोमा अनियन्त्रित भई एउटा घरमा पसेको थियो ।

राति करिब १० बजेर ३० मिनेटको समयमा भएको उक्त दुर्घटनामा परी स्थानीय किसान गुरुङ की ८ महिनाकी छोरी किष्मा गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

गम्भीर अवस्थामा उद्धार गरिएकी उनको उपचारका क्रममा आज बिहान ४ बजे चितवन मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...