Friday, July 8, 2016

‘सरकारमा बसेर त्यसकै विरोध गर्नु राजनीतिक नैतिकताभन्दा बाहिर’

पोखरा, २४ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारमा बसेर त्यही सरकारको विरोध गर्नु राजनीतिक नैतिकताभन्दा बाहिरको हुने बताउनुभएको छ ।

नेमकिपा कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सरकारको काममा चित्त बुझ्दैन भने सरकारबाट बाहिरिएर विरोध गर्नु उपयुक्त हुने सुझाव दिनुभयो ।

सबै राजनीतिक दलबीच गहन छलफल गरेर मात्रै सीमाङ्कनको टुङ्गो लगाउन जोड दिँदै उहाँले सीमाङ्कनपछि मात्रै स्थानीय निकायको निर्वाचन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

बेरोजगारी, अशिक्षा र दाइजो प्रथाले नै मधेस आन्दोलन सुुरु भएको बताउँदै उहाँले मधेसी नेता खाली आफ्नो सुखसयलमा मात्रै रमाउने तर त्यसतर्पm भने ध्यानै नदिने प्रवृत्ति बढेको धारणा राख्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...