Friday, July 8, 2016

वर्तमान सरकार संवैधानिक रुपमा ढल्न सक्दैन: एमाले

Madha-Nepal-650x367काठमाडौँ, २४ असार । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले बहुमतीय सरकारको विकल्प फेरि बहुमतीय सरकार हुन नसक्ने बताउनुभएको छ ।

ललितपुर युवा सङ्घले आफ्नो २६ औँ स्थापना दिवसका अवसरमा आज ललितपुर आयोजना गरेको विशेष सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले राष्ट्रियताको जगमा निर्माण भएको वर्तमान सरकार कसैले चाहँदैमा परिवर्तन नहुने बताउनुभयो ।

उहाँले संविधान कार्यान्वयनका लागि प्रमुख तीन दल सहभागी भएको राष्ट्रिय सरकारको खाँचो औँल्याउँदै त्यसका लागि तीन दल खुला हुनुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले मौलिक संस्कृति तथा परम्परागत बाजागाजाको संरक्षण गरी नेपाली परम्परा तथा राष्ट्रको पहिचान फैलाउनुपर्नेमा जोड दिनुभयो । उक्त कार्यक्रममा विभिन्न कलाकारले सांस्कृतिक प्रस्तुति दिएका थिए ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...