Friday, July 8, 2016

‘नेपाली सेना राष्ट्रिय सुरक्षाका लागि दृढ ’

काठमाडौँ, २४ असार । उपप्रधानमन्त्री भीमबहादुर रावलले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाका रुपमा रहेको नेपाली सेनाले विपद् व्यवस्थापन र विकास निर्माणमा सरकारको निर्देशनमा काम गर्दै आएको बताउनुभएको छ ।

विनियोजन विधेयक २०७३ अन्तर्गत रक्षा मन्त्रालयमाथिको शीर्षकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले नेपाली सेनाको विकासनिर्माण र विपद् व्यवस्थापनबाट नेपाली सेना र नागरिकबीचको सम्बन्धलाई सुदृढ तुल्याउन योगदान पुगेको धारणा राख्नुभयो ।

रक्षामन्त्री रावलले भन्नुभयो– “मृुलुकको भौगोलिक अखण्डतामा आँच आउन नदिन सरकार दृढ छ, व्यवस्थापिका–संसद् यस विषयमा हाम्रो साथमा छ, नेपाली सेना राष्ट्रिय सुरक्षाका लागि दृढ छ ।”

नेपाली सेनाका विभिन्न तालिम केन्द्रमा सञ्चालन रहेको तालिममा विदेशी सेनाको सहभागिताबाट हाम्रो स्वाभिमान बढेको बताउँदै उहाँले हाल विश्वका १६ मध्ये द्वन्द्वग्रस्त १५ मुलुकमा नेपाली सेना शान्ति स्थापनाका लागि कार्यरत रहेको बताउनुभयो । उहाँका अनुसार विश्व शान्ति स्थापनामा हाल एक लाख ११ हजार नेपाली सैनिकले विश्वका विभिन्न मुलुकमा पुगेर योगदान पु¥याइसकेका छन् ।

मूलभूत रुपमा राष्ट्रिय सुरक्षाको दायित्व बोकेको नेपाली सेना विकास निर्माण र विपद् व्यवस्थापनको थप काम जुटिरहेको बताउँदै रक्षामन्त्री रावलले नेपाली सेनालाई सक्षम, सुदृढ र व्यावसायिक बनाउन सरकार दृढ रहेको स्पष्ट पार्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...