Wednesday, July 6, 2016

न्युयोर्कमा नेपाली चलचित्र कालो पोथी जुलाई १० मा प्रदर्शन हुने

newyork

नेपाली चलचित्रलाई माया गर्ने दर्शकहरुको मन जित्न सफल चलचित्र कालो पोथी आगामी जुलाई १० तारिख न्युयोर्क प्रदर्शनीमा आउने भएको छ l गत वर्ष भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा क्रिटिक्स विक तर्फ उत्कृष्ट चलचित्र घोषित भएको ‘कालो पोथी’ मीनबहादुर भाम द्वारा निर्देशित चलचित्र निकै चर्चा परिचर्चामा रहेको छ l

माओवादी जनयुद्धले मुगुका स्थानीयले भोगेको पिडा चलचित्रको मुख्य बिषय रहेको छ । साढे तिन करोड लागतमा निर्माण गरिएको चलचित्र कालो पोथीमा स्थानीय खड्कराज नेपाली (प्रकाश)र शुक्रराज रोकाया (किरण ) को मुख्य अभिनय रहेको छ । झन्डै डेढ घन्टा लामो चलचित्र निर्देशक मीनबहादुरले यस अघि बनाएको लघु चलचित्र ‘बाँसुल्ली’ ले पनि अन्तर्राष्ट्रिय महोत्सवमा प्रशंसा बटुलेको थियो ।

न्यु योर्कमा जुलाई १० तारिखका दिन एकै दिनमा दुई पटक १ बजे र ३ बजे प्रदर्शनी जानकारी आयोजक शैलेश श्रेष्ठले दिएका छन् l

कालो पोथी’ को अनलाईन टिकट खरिद गर्नलाई तल थिच्नु होला

‘कालो पोथी’
बास्ने दिन : आईतबार जुलाई १०, २०१६
खोर : गुल्सन टेरेस (पुरानो ढाका क्लव)
दाम : २० डलर
घडी पला : विहान ११ वा दिनको १ वा अपरान्हको ३ बजे ,शनिबार ,२०१६

http://bit.ly/29z70Sn

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...