Wednesday, July 6, 2016

डिसीमा नेपाली चलचित्र कालो पोथी प्रदर्शन हुने

kali pothi

गत वर्ष भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा क्रिटिक्स विकतर्फ उत्कृष्ट फिल्म घोषित भएको ‘कालो पोथी’ डिसीका दर्शक माझ आगामी जुलाई १० तारिख एकै दिनमा दुई पटक प्रदर्शन हुने भएको छ l दर्शकहरुको मन जित्न सफल चलचित्र कालो पोथी अब डिसी लगायत अमेरिकाको न्युयोर्क राज्यहरुका प्रमुख शहरहरुमा पनि प्रदर्शनीमा आउने भएको छ l

मीनबहादुर भाम द्वारा निर्देशित चलचित्र निकै चर्चा परिचर्चामा रहेको छ l माओवादी जनयुद्धले मुगुका स्थानीयले भोगेको पिडा चलचित्रको मुख्य बिषय रहेको छ । साढे तिन करोड लागतमा निर्माण गरिएको चलचित्र कालो पोथीमा स्थानीय खड्कराज नेपाली (प्रकाश)र शुक्रराज रोकाया (किरण ) को मुख्य अभिनय रहेको छ ।

काजकिस्तानका अजिज झाम्बाकिभको छायांकन रहेको फिल्ममा जेशन कुँवरले संगीत भरेका छन् । झन्डै डेढ घन्टा लामो चलचित्र निर्देशक मीनबहादुरले यस अघि बनाएको लघु चलचित्र ‘बाँसुल्ली’ ले पनि अन्तर्राष्ट्रिय महोत्सवमा प्रशंसा बटुलेको थियो ।

चलचित्र राम्रो भएको कारण जुलाई १० तारिखमा डिसी महानगर क्षेत्रमा एकै दिनमा दुई पटक १ बजे र ४ बजे प्रदर्शनी हुने भएको जानकारी सुरेश सापकोटाले दिएका छन् l

For ticket please go to this link :

http://bit.ly/29sfTup

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...