Thursday, July 7, 2016

महामन्त्री कोइरालाको स्वास्थ्यमा उल्लेख्य सुधार

Shasank-Koirala-640x352काठमाडौँ, २३ असार । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा उल्लेख्य सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

बुधबार बिहान एक्कासि महामन्त्री कोइरालाका स्वास्थ्य बिग्रिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । स्वास्थ्यमा क्रमशः सुधार आएपछि आज अपराह्न ३ बजेपछि उहाँलाई सघन उपचार कक्ष (आइसियू) मा राखिएको छ ।

महामन्त्री कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी दिन ओम अस्पतालमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा उपचारमा संलग्न चिकित्सक डा लब जोशीले भन्नुभयो, “अहिले उहाँ आफै श्वास लिइरहुनभएको छ र पूर्ण होसको अवस्थामा हुनुहुन्छ ।” महामन्त्री कोइरालालाई कुनै सङ्क्रमण नहोस् भनेर अस्पतालले आइसियूभित्र चिकित्सकबाहेक अन्यलाई जान बन्देज लगाएको छ ।

उहाँको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भए पनि अझै खतरामुक्त भन्न नमिल्ने डा जोशीको भनाइ थियो । मङ्गलबार साँझ श्वासप्रश्वासमा केही समस्या देखिएपछि डा कोइराला ओम अस्पतालमा भर्ना हुनुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...