Tuesday, July 5, 2016

पत्रकार धमला अभिनन्दित,

Haribansha-aacharya-6-650x433

कला,सँस्कृतिको जर्गेनाकालगि सार्वजनिक बहस आवश्यकत्ता

काठमाडौं, १८ असार । पत्रकार ऋषि धमलाले कला, संस्कृतिको संरक्षण एवम् प्रर्वद्धनमा जोड दिन सरोकारवालासँग अपिल गरेका छन् ।

एनटिभी प्लसबाट प्रशारण हुने कार्यक्रम मनोरमको स्वर्णजयन्ती महोत्सव मनाउन शनिबार काठमाडौंमा रिच भिजनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार धमलाले देशकै पहिचान बचाउने सर्वोत्कृष्ट माध्यम कला, संस्कृति, रीतिरिवाज भएको उल्ल्ेख गर्दै त्यसको संरक्षण एवम् प्रर्वद्धन गर्न सबैले आ आफ्नो ठाउँबाट योगदान पुर्याउनुपर्ने बताएका हुन् ।

बरिष्ठ समाजसेवी सगुन शाहको सभापतित्वा आयोजिक कार्यक्रममा धमलाले अब यीनै एजेण्डामा बहस गर्न आफू तयार रहेको समेत उद्धघोष गरे । उनले भने,“कला सँस्कृति हाम्रो पहिचान हो, यसको जगर्नेका लागि म मिडियामा जस्तोसुकै बहस गर्न समेत तयार छु ।”

rishi dhamala

उक्त समारोहमा आयोजकले धमलाको योगदानको कदर गर्दै उनलाई अभिनन्दन समेत गरेको थियो । समाज परिवर्तन र कला, संस्कृतिको जर्गेना गर्न पत्रकारिताको माध्यमबाट उल्लेखनीय योगदान पुर्याएको भन्दै धमलालाई सम्मान गरिएको आयोजकले बताएको छ । त्यस्तै धमलालगायत अन्य विष्णुबहादुर सिंह, विजय सिंह र तेज बहादुर बस्नेतलाई समेत अभिनन्दन गरिएको थियो । उनीहरुलाई धमलाले अभिनन्दन गरेका थिए ।

dhaka topi

त्यस्तै धमलाले केशव सान्दाईद्धारा लिखित संगित–भाग ४ को समेत विमोचन गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...