Saturday, July 9, 2016

आगलागीबाट रु १० लाखको क्षति

राजविराज, २६ असार । सप्तरीको कञ्चनपुर नगरपालिका–१० स्थित लक्ष्मणपट्टिमा गएराति आगलागी हुँदा रु १० लाख मूल्य बराबरको क्षति भएको छ ।

स्थानीय मङ्गल चौधरीको गाईगोठबाट अचानक सल्केको आगोले निजका तीन घर र छिमेकी राजेन्द्र चौधरीको तीन घर गरी छ वटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

लामखुट्टे धपाउन बालिएको घुरबाट आगलागी भएको हो । आगलागीबाट खाद्यान्न लत्ताकपडा भाँडावर्तन र नगद जिन्सी गरी रु १० लाख बराबरको क्षति भएको प्रहरी निरीक्षक गौरव महतले जानकारी दिनुभयो ।

आगो स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...