Saturday, July 30, 2016

रसुवामा प्रमुख दलका नेताहरु कुटिए, एमालेद्धारा घटनाको निन्दा

uml-party-office-in-dhumbar-650x368काठमाडौं, १६ साउन । नेकपा एमालेले रसुवा जिल्लामा स्थानीय तहको पुनःसंरचनाका लागि भइरहेको छलफलमा प्रमुख दलका नेताहरु कुटिएको घटनाको निन्दा गरेको छ ।

सचिव योगेश भट्टराईद्धारा आइतबार जारी विज्ञप्तिमा घटनाको भत्र्सना गर्दै दोषीलाई तत्काल कारवाही गर्न माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ- ‘हाम्रो पार्टी उक्त घटनाको निन्दा तथा भत्र्सना गर्दछ साथै घटनामा संलग्न दोषीहरूलाई तत्काल कारवाही गर्न र घाइतेहरूको उपचारको प्रबन्ध गर्न स्थानीय प्रशासन तथा सरकारसँग माग गर्दछ ।’

शनिबार अपराह्न रसुवामा स्थानीय तहको पुनःसंरचनाका लागि भइरहेको छलफलमा स्थानीय केही उच्छृङ्खल व्यक्तिहरू बैठकस्थल जिविस रसुवाको सभाकक्षमा प्रवेश गरी छलफलका सहभागीहरूमाथि अभद्र्र व्यवहार गर्नुका साथै लाठी, छड तथा धारिलो हतियार प्रयोग गरी कुटपिट गरेका थिए ।

विभिन्न पार्टीका प्रतिनिधिहरू, जिल्ला विकास समितिका अधिकारीसहितका सरोकारवालाहरू सम्मिलित छलफलले स्थानीय तहको पुनःसंरचना गर्ने सम्बन्धमा सहजीकरण गर्ने तथा विवाद र समस्यालाई समाधान गर्न सहयोग पुर्याइरहेको अवस्थामा भएको उक्त घटनाबाट नेकपा (एमाले) केन्द्रीय कमिटीका वैकल्पिक सदस्य माधव अर्याल, जिल्ला विकास अधिकारी राजेन्द्रदेव पाण्डे, नेपाली कांगे्रसका जनक जीवन उपाध्याय, माओवादी केन्द्रका माधव लामिछानेलगायत एक दर्जन व्यक्तिहरू घाइते भएका छन् ।

एमालेले सबै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनी गरेको छ ।

यस्तो छ एमालेद्धारा जारी विज्ञप्तिः

Uml-statement

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...