Wednesday, July 6, 2016

जन्मदिनमा भावना पाण्डे बिष्ट द्वारा धुर्मुस सुन्तली फाउण्डेसनलाई ५१ हजार

suntaliवाशिंगटन डिसी , देश दुख्दा मुटु दुख्छ, जहाँ भए पनि सिताराम कट्टेल र कुन्जना घिमिरेले गरेको कामको प्रशंसा जति गरे पनि कम नै हुन्छ भन्दै टेक्सास राज्यको हुस्टनमा शृंगार केन्द्र (बिउटी पार्लर) संचालन गर्दै आएकी नेपाली मूलकि भावना पाण्डे बिष्टले आफ्नो जन्म दिवसको अवसरमा ‘धुर्मुस सुन्तली एकीकृत वस्ती’ का लागि जन्मदिनको खर्च कटाएर ५१ हजार रुपैयाँ सहयोग गरेकी छिन् l

झन्डै ९ बर्ष अगाडी अमेरिका आई नेपाल अमेरिका आवत जावत गर्दै र पछिल्लो ४ बर्ष देखि अमेरिकामा नै बस्दै आएकी भावना पाण्डे बिष्ट विदेशमा बसे पनि हरपल मन त आफ्नै देशमा पुगी रहेको हुन्छ भन्दै थोरै सहयोग गर्न पाउँदा हर्ष लागेको बताईन l

bhawana with family

वहाहरु जस्तो सबैले निश्वार्थ बने देश बन्न कति बेर लाग्छ भन्दै आफुले आफ्नो जन्म दिवसमा अन्य खर्च नगर्ने निधो गरेर आफु संग संचित रकम मन भएर पठाएको बताईन l उनले भनिन आफु बिगत ४ बर्ष देखि आफ्ना एक छोरी र एक छोरा संग अमेरिका बस्दै आएको छु भन्दै विदेशमा जीवन झन् जटिल छ तर पनि धुर्मुस र सुन्तलीले गरेको महान सोचरुपी सागरमा केहि थोपा मिसाउने जमर्को गरेको बताईन l

उनले आफ्नी आमाले भनेको जस्तै थोपा थोपा गरेर समुन्द्र बन्छ त्यसैले यो सानो सहयोग गर्ने साहस गरेकी छु भनिन l र भगवानले चाहनु भयो भने आउँदा दिनहरुमा अझै सामजिक सेवा गर्ने ईक्षा रहेको बताइन l बाकि भगवानको ईक्षा भनिन l

suntali 2

धुर्मुस सुन्तली फाउण्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा ६५ परिवारका लागि एकीकृत वस्ती निर्माण गरिरहेको छ । भावना पाण्डे बिष्टले लामो समय सम्म काठमाडौँको पुतली सडकमा आफ्नै शृंगार गृह संचालन गरेको उनि संग अनुभव भएकोले अमेरिकामा उनलाई त्यहि पेशा गर्न सरल भएको छ l उनको जन्म दिन जुलाई ७ तारिख हो l

भावना पाण्डे बिष्टले चितवन जिल्लामा दुई कक्षाकि छात्रालाई पठन पाठनको लागि बार्षिक लाग्ने खर्च समेत जन्म दिवस मै एक मुष्ठ रकम पठाई सकेकी छिन् l

dhrumus faondation

धुर्मुस तथा सुन्तली संग नेपालमा केहि बर्ष अगाडी खिचेको तस्बिर सम्झना कोसेली स्वरुप 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...