Wednesday, July 6, 2016

बाल्टीमोरकि नगर प्रमुख स्टेफेनी रलिंग्स बेल्क द्वारा नेपाली समुदायसंग अभिरुचिपूर्ण भेटघाट

DSC01566

अमेरिकाको म्यारिल्याण्ड राज्यको चर्चित शहर बाल्टिमोरकि युवा नगर प्रमुख स्टेफेनी रलिंग्स बेल्कले बाल्टिमोर स्थित नेपालीद्वारा संचालित लुम्बिनी चमेना गृहमा भ्रमण गरि नेपाली समुदायका बारेमा चासो राखेकी छिन् l

DSC01573

आज एक दिवा भोजनको साथै नेपाली समुदाय संग राखिएको भेटघाट कार्यक्रममा बेल्कले नेपाली समुदायका बिबिध बिषयमा सोधपुछ गरेकी उक्त चमेना गृहका संचालक नारायण थापाले जानकारी गराएका छन् l

DSC01639

नगर प्रमुख ब्लेकको चमेना गृह अवलोकन तथा भ्रमणको शिलशिलामा लुम्बिनी भोजनालयले दिवा भोजनको समेत व्यवस्था गराई नेपाली समुदायका केहि ब्यापारी तथा अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो l

DSC01594

भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख स्टेफेनी बेल्कले नेपाली समुदायको उक्त क्षेत्रमा रहेको ब्यबसाय ,बिक्रि ,नेपालीहरुको अवस्था बारेमा जानकरी लिएकी थिईन l

DSC01598

नगर प्रमुख ब्लेकले नेपालीहरुको जन घनत्व ,ईलम तथा जागिरको अवस्था बारेमा थप जानकारी लिएकी थिइन् l ब्लेकले यसको साथै अल्प संख्यामा रहेका नेपालीहरुलाई कसरि सहयोग गर्न सकिन्छ भन्ने कुरामा समेत छलफल गरिन l

DSC01625

उपस्थित अन्यले अमेरिकामा ख्याती (क्रेडिट) नभएकालाई कसरि ऋण उपलब्ध गराईने व्यवस्था र यसको लागि हुन् सक्ने उपाय बारेमा समेत कुराकानी भएको जानकारी चमेना गृह ब्यबसायी /संचालिका तथा एनआरएन अमेरिकाकि वर्तमान उपाध्यक्ष रबिना थापाले बताईन l

DSC01587

यस्को साथै कसरि नेपाली समुदाय र अन्य समुदाय संग सांस्कृतिक आदान प्रदान कसरि गर्न गर्न सकिन्छ भन्ने बिषयमा पनि चर्चा भएको थियो l

DSC01606

यसरि नगर प्रमुखले नेपाली समुदायको संचालित व्यवसायमा आएर सोध पुछ र चासो राख्नु भनेको राम्रो कुरा हो भन्दै यसरि नेपाली समुदायको ब्यबसायमा सम्भवत पहिलो पटक भएको हुन् सक्ने थापाले बताए l साथै भबिस्यमा नेपाली समुदाय संग भेटघाट समेत हुने कुरा चलाइएको छ l

DSC01612

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...