१३ अगस्ट २०१६
Washington DC
नेपालमा “हाईड्रो पाओर” मा लगानी बारे अमेरिकाको राजधानी वाशिंगटन डिसीमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो l राजधानी वाशिंगटन डिसी नजिकै भर्जिनियाको एनान्डेल स्थित जर्ज म्यासन रिजनल लाईब्रेरीको शभाहलमा शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा अमेरिका भ्रमणमा रहेका “हाईड्रो पाओर” बिषयका ज्ञाता/Expert डा० कृष्ण दुलाल (पि. एच. डी.) ले नेपालमा “हाईड्रो पाओर” मा लगानी गर्दा हुने अत्यधिक फाईदा बारे पावोर पोईन्ट प्रेजेन्टेसन गरेका थिए l डा० दुलालको प्रेजेन्टेसन
संग सम्बन्धित अमेरिकाको न्युयोर्कमा “हाईड्रो पाओर” कसरी ? ब्यबस्थापन गरिएको छ ? भन्ने बारेमा न्युयोर्कमा कार्यरत नेपाली सिभिल ईन्जीनियर राज बिराज रिशालले पावोर पोईन्ट प्रेजेन्टेसन गरेका थिए l यसैगरी, न्युयोर्कमा नेपालीहरुको आफ्नै क्रेडिट युनियन बैंक खोल्न लागिएको बारेमा सि. पि. ए. राज बिराज रिजालले प्रेजेन्टेसन गरेका थिए l
वाशिंगटन डिसी स्थित नेपाली दुतावासका डिप्लोम्याट्स: ईकोनोमिक काउन्सिलर कैलाश राज पोखरेलको प्रमुख आतिथ्यमा भएको ऊक्त अन्तरक्रिया कार्यक्रममा: “अमेरिकामा संगठित नेपाली ईन्जीनियरहरुको राम्रो नेटवर्कबाट नेपालको हितमा केही राम्रा कामहरु हुन सक्ने अपेक्षा गर्न सकिन्छ”
– ईकोनोमिक काउन्सिलर कैलाश राज पोखरेलले भन्नुभयो l
एनआरएन एनसिसी युएसए केन्द्रको बिज्ञान प्रबिधी तथा आर्थिक निती समिती, एनआरएनको भर्जिनिया तथा म्यारिल्याण्ड च्याप्टरहरु र अमेरिकन सोशाईटी अफ नेप्लीज ईन्जीनियर्सको ग्रेटर वाशिंगटन डिसी च्याप्टरको संयुक्त आयोजनामा गरिएको ऊक्त कार्यक्रम डा० देश राज सोन्योकले मोडरेट गरेका थिए l
अमेरिकन सोशाईटी अफ नेप्लीज ईन्जीनियर्सको बारेमा ग्रेटर वाशिंगटन डिसी च्याप्टरका अध्यक्ष डिल्ली नेऊपानेले बोलेका थिए l अमेरिकी सरकारको रक्षा मन्त्रालय (डिपार्टमेन्ट अफ डिफेन्स / DOD) को बरिस्ठ ईन्जीनियर पदमा कार्यरत सचिब ई० ऊत्तम सेढाँईले अमेरिकी सरकारको भर्जिनिया, म्यारिल्याण्ड, वाशिंगटन डिसी तिनवोटा राज्य सरकारहरुमा कार्यरत नेपाली ईन्जीनियरहरुको परिचय गराउँदा
कार्यक्रम आकर्षक हुन गएको थियो l
नर्थ अमेरिका महादेशकै जेठो संस्था अमेरिका नेपाल सोशाईटी १९६७ (ANS) का पुर्ब अध्यक्ष खेम भट्टचन, डा० गोपी ऊप्रेती, ANA का निबर्तमान ऊपाध्यक्ष मेदिनी अधिकारी, एनआरएन म्यारिल्याण्ड च्याप्टरका अध्यक्ष जेदु पोखरेल, एनआरएन भर्जिनिया च्याप्टरका सचिब कृष्ण भण्डारी, डिसी नेपाली समाजका दधी ढुंगाना, राम खरेल, अमेरिकन सोशाईटी अफ नेप्लीज ईन्जीनियर्स ग्रेटर वाशिंगटन डिसी च्याप्टरका पुर्ब अध्यक्ष ठाकुर ढकाल लगायत करिब पचासजना नेपाली ईन्जीनियरहरु कार्यक्रममा ऊपस्थित थिए l
No comments:
Post a Comment